Cricket Himalaya
Cricket News From Top of The World

साग महिला क्रिकेट : श्रीलन्का बिरुद्ध नेपाल ४१ रनले पराजित

मङ्सिर २०, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमलाई तेश्रो खेलमा श्रीलन्काले ५० रनले पराजित गरेको छ |

सुरुमा ब्याटिङ गरेको श्रीलन्काले २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रन बनाएको छ | अनालिले ३६ बलमा ३५, सन्दिपनिले २९ बलमा २२, एल अप्सराले २७ बलमा ३७ रन बनाएकी थियिन |

नेपालका लागि सरस्वती कुमारी र सोनु खडकाले समान २/२, अन्जली चन्दले १ विकेट लिएकी थियिन

लक्ष पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ७७ रन मात्र बनाएपछी ४१ रनले पराजित रह्यो | रुबिमा छेत्रीले २८ बलमा १९, अप्सरी बेगमले २४ बलमा ११, करुणा भन्डारिले १८ बलमा १२ रन, कविता कुवरले १३ बलमा १३* रन बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अन्कमा रन बनाउन सकेनन |

श्रीलन्काका लागि एस निसनसलाले ३, एस सन्दिपनिले २ विकेट लिएकी थियिन |

पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको थियो भने दोश्रो खेलमा बङ्गलादेस विरुद्ध १० विकेटले नै पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाएका छन |

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर