Cricket Himalaya
Cricket News From Top of The World

साग महिला क्रिकेट : श्रीलन्का बिरुद्ध नेपालले सुरुमा फिल्डिङ्ग गर्दै

मङ्सिर २०, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले तेश्रो खेल श्रीलन्का बिरुद्ध खेल्दैछ |

टस जितेर श्रीलन्काले सुरुमा ब्याटिङ रोजेको छ |

पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको थियो भने दोश्रो खेलमा बङ्गलादेस विरुद्ध १० विकेटले नै पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाएका छन |

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर