Cricket Himalaya
Cricket News From Top of The World

झापा जिल्ला स्तरीय टि२० लिग : पहिलो दिन प्याट्रीयोटिक क्रिकेट सेन्टर बिजयी

मङ्सिर १८, क्रिकेट हिमालय

अादर्श सेवा समिति भद्रपुर-१० द्वारा संचालित संस्था अादर्श क्रिकेट एकाडेमीद्वारा अायाेजित तथा बाबा एजुकेसन कन्सल्टेन्सि द्वारा मुख्य प्रायाेजन गरिएको झापा जिल्ला स्तरीय टि२० लिग क्रिकेट”सुरु भएको छ |

प्रतियोगिताकाे अाज भद्रपुर न.पा.का उप-प्रमुख श्री चन्द्रमाया श्रेष्ठकाे प्रमुख अातिथ्यता, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दीनेशराज मैनाली र झापा जिल्ला क्रिकेट संघका अध्यक्ष श्री प्रविन थापाकाे विशेष अातिथ्यतामा र सेवा समितिका अध्यक्ष श्री हरि घिमिरेकाे अध्यक्षतामा उदघाटन सम्पन्न भयाे ।

आज भएको पहिलो खेलमा टस जितेर ब्याटीङ रोजेको प्याट्रिरियाेटिक क्रिकेट ट्रेनिङ सेन्टर १८ ओभरमा ७ विकेट गुमाउदै ९६ रन हान्न बनाएको थियो | सुजन थपलियाले ४० रन हाने भने सुमित नेउपानेले २ विकेट लिएका थिए ।

जवाफमा युनाइटेड एकाडेमी बिर्तामोड १६.२ ओभर खेल्दै ८६ रन मात्र बनाएपछी १० विकेटले पराजित रह्यो | युनाइटेडका रुपक बरालले २० रन हाने भने सुजन घिमिरेले ३ विकेट लिएका थिए |

भोलि हुने खेल भने काकड्भिट्टाको मिलन क्रीकेट क्लब र मेचि क्यम्पस भद्रपुर बिच हुनेछ भने दोश्रो खेल बोस्ट्न क्रीकेट एकाडेमि बिर्तामोड र धुलाबारि क्रीकेट क्लब बिच हुनेछ ।

यसै गरेर कार्यक्रममा भद्रपुर न.पा स्तरिय अन्तर विद्यालय क्रिकेट प्रतियोगिताका विजेता माेरन मेमोरियल स्कुल भद्रपुर र उप-विजेता विदुर अंग्रेजी बाेर्डिङ्ग स्कुललाई ट्रफि र मेडल वितरण समेत गरियो । उक्त नगर स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता यहि मंसिर १६ गते देखि संचालनमा रहेकाे थियो ।