Cricket Himalaya
Cricket News From Top of The World

साग पुरुष क्रिकेट : नेपालले भुटान बिरुद्ध टि२० अन्तर्राष्ट्रिय खेल्दै

मङ्सिर १९, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले आज बिहान ९ बजे भुटान बिरुद्ध खेल्दैछ |

नेपाल र भुटान बिचको खेलले टि२० अन्तर्राष्ट्रिय खेलको मान्यता प्राप्त गर्नेछ |

प्रतियोगिताको पहिलो खेलमा नेपाल श्रीलन्का बिरुद्ध ७ विकेटले पराजित भएको थियो |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, भुटान र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम

ज्ञानेन्द्र मल्ल, पारस खड्का, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, आरिफ शेख, अविनास बोहरा, कुशल भुर्तेल, राशिद खान