Cricket Himalaya
Cricket News From Top of The World

किशोर स्मृति कप, महेन्द्रनगर : फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन कलेज बिजयी

मङ्सिर १८, क्रिकेट हिमालय

महेन्द्रनगरको कबर्डहलमा आजबाट संचालन भएको दोस्रो किशोर स्मृति क्रीकेट कपमा फ्लोरिडा, लिटिल बुद्ध र ब्रीस्टन कलेज बिजयी भएका छन ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा सभापती प्रोहित बडु प्रमुख अतिथी यज्ञ राज जोशी विशिष्ट अतिथि बिरेन्द्र चन्द लगायतका अतिथीहरुको उपस्थिति उद्घाटन भएको थियो |

पहिलो खेलमा बैजनाथ इन्जिनियर कलेजले टस जित्दै ब्याटिङ गरेको थियो । निर्धारित १० ओभरको खेलमा ६ बिकेट गुमाउदै ६६ रन बनाउन सफल भएको थियो । बैजनाथ इन्जिनियर कलेजका लागि लोकेश धामिले २२ बलमा २६ रन र मुकेश जोशी १६ बलमा १९ रन बनाएका थिए । फ्लोरिडा कलेजका लागि सुरज रावलले २ बिकेट हात पारे भने राहुल चुनाराले १ बिकेट लिएका थिए ।

६७ रनको बिजयी लक्षका साथ मैदान उत्रेको फ्लोरिडा कलेजले ९.४ ओभरमा लक्ष भेटाउन सफल भएको थियो । फ्लोरिडाका लागि राहुल चुनाराले २६ बलमा २९ रन बनाएर आफ्नो कलेजलाई जित दिलाउन सफल भएका थिए । बैजनाथ इन्जिनियर कलेजका लागि लोकेश धामीले २ बिकेट हात पारे ।

म्यान अफ द म्याच फ्लोरिडाका राहुल चुनारा घोषित भएका थिए ।

लिटिल बुद्धले आदर्श बिद्या निकेतनलाई २७ रनले पराजित गरेको छ । टस हारेर लिटिल बुद्धले ब्याटिङको निम्तो दिएको थियो । १० ओभर खेल्दै ८ बिकेट गुमाएर ७५ रन बनाउन सफल भएको थियो । लिटिल बुद्धको लागि विशाल ऐरले २१ बलमा २९ र दिनेश बिष्टले २१ बलमा २० रन बनाएका थिए । आदर्शका लागि प्रकाश शेष्ठले २ बिकेट लिएका थिए भने लोकेन्द्र खत्री र बिरेन्द्र बडाले समान १-१ बिकेट लिएका थिए ।

जवाफमा ब्याटिङ उत्रेको आदर्श बिद्या निकेतन १० ओभर खेल्दै ४८ रन मात्र बनाएको थियो । आदर्शको लागि आयुश चन्दले १० रन बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहरो स्कोर बनाउन सकेनन । लिटिल बुद्धका लागि केशब ऐर र योगेश शाहीले समान २-२ बिकेट लिएका थिए ।

खेलका म्यान अफ द म्याच विशाल ऐर घोषित भएका थिए ।

ब्रीस्टन कलेज १० रनले बिजयी ।

टस जित्दै जनज्योतिले ब्याटिङको निम्तो दिएको ब्रीस्टन कलेजले १० ओभरमा ५ बिकेट गुमाउदै ८६ रन बनाएको थियो । ब्रीस्टनको लागि नरेश बिष्टले १७ बलमा ३३ रन बनाएका थिए । भने बिबस बडालले १९ बलमा २० रन बनाउन सफल भएका थिए । सुमित सिनाल , युबराज अधिकारी र दिपेन्द्र भन्डारीले समान १-१ बिकेट लिएका थिए ।

८७ रनको बिजयी लक्ष साथ मैदान उत्रेको जनज्योती कलेजले १० ओभर खेल्दै ७ बिकेट गुमाउदै ७६ रन मात्र बनाउन सफल भएको थियो । २३ बलमा २८ बनाएका थिए | ब्रीस्टन कलेजका लागि नरेश बिष्टले २ बिकेट हात पारे भने बिबस बडाल र महेश सिंहले समान १-१ बिकेट हात पारे ।

ब्रीस्टन कलेजका नरेश बिष्ट म्यान अफ द म्याच घोषित भएका थिए ।