Cricket Himalaya
Cricket News From Top of The World

यु१६ रास्ट्रीय खेलाडी ‘प्रसान्त सिंह’ लाई रु २ लाख बराबरको स्पोन्सरसीप

मङ्सिर १८, क्रिकेट हिमालय

नेपालि रास्ट्रीय यु१६ क्रिकेट टिमका खेलाडी ‘प्रसान्त सिंह’ लाई पुर्ब खेलाडी एवम अमेरिका स्थित नेपाली राइनोज क्रिकेट क्लबका सन्स्थापक राकेस कर्णले करिब २ लाख बराबरको स्पोन्सर गरेका छन |

Rakesh Karna

स्पोन्सरसीप बापत प्रसान्त सिंहले एक बर्ष क्रिकेट एकेडमिमा निसुल्क प्रशिक्षण र खान, बस्न सहितको होस्टेल निसुल्क प्राप्त गर्नेछन |

प्रसान्तले प्रशिक्षण लिने ग्रेट हिमालय क्रिकेट एकेडमी (जिएचसिए) मा आज सम्पन्न एक कार्यक्रम बिच कन्ट्र्याक्ट साइन गरिएको छ |

कार्यक्रममा रास्ट्रीय क्रिकेट खेलाडी सरद भेषावकर, पुर्ब खेलाडी एवम एनआरसिसिका सन्स्थापक राकेस कर्ण, जिएचसिएका सन्स्थापक सुदिप शर्मा, एनसिएसएसका सन्स्थापक अध्यक्ष भानु सिग्देल लगायतको उपस्थिति रहेको थियो |

‘नेपाली राइनोज क्रिकेट क्लब’, नेपालमा अन्तराष्ट्रिय, राष्ट्रिय, क्षेत्रीय र स्थानीय प्रतियोगिताहरुमा सहभागिता जनाएका खेलाडीहरुको सक्रियतामा अमेरिकाको टेक्ससमा खोलिएको क्रिकेट क्लब हो |

Prashant Singh

सन् २०१६ को संस्करणमा नेपाली राइनोज क्रिकेट क्लबवाट नेपाली राष्ट्रिय टोलीका तात्कालिन कप्तान पारस खड्का, राष्ट्रिय टोलीका नियमित सदस्यहरु ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, वसन्त रेग्मी, सोमपाल कामी, सुभाष खकुरेल, पृथु बास्कोटा, सिद्धान्त लोहनी लगायतका खेलाडीहरुले खेलेका थिए |

प्रसान्त सिंह गतबर्श सि (SEE) एक्जाम नदिएर यु१६ रास्ट्रीय प्रतियोगिता खेल्न आएर चर्चामा आएका खेलाडी हुन, उनी लगत्तै यु१६ रास्ट्रीय क्रिकेट टिममा छनोट भएर थाइल्यान्डमा एसिसि यु१६ प्रतियोगिताको उपाधी जित्ने टिमका महत्त्वपूर्ण सदस्य रहेका थिए |