मङ्सिर १८, क्रिकेट हिमालय
मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले दोश्रो खेलमा बङ्गलादेसलाई ६० रनको लक्ष दिएको छ |
टस जितेको बङ्गलादेसले सुरुमा फिल्डिङ्ग रोजेपछी ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा १० विकेट गुमाउँदै ५० रन बनाएको थियो | सोनु खडकाले १९ बलमा १२, रुबिना छेत्रीले २९ बलमा १३, इन्दु बर्माले २० बलमा १० रन बनाएकी थियिन |
बङ्गलादेसका लागि रबेया खान ४, जहानरा आलम २, सलमा फातुन १, फहिमा खातुनले १ विकेट लिएकी थियिन |
पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको छ |
साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ |
नेपाली टिम
रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर