Cricket Himalaya
Cricket News From Top of The World

आदर्श एकेडमिको आयोजना, मङ्सिर १८ देखि ‘झापा जिल्ला स्तरिय टि२०’ हुँदै

मङ्सिर १७, क्रिकेट हिमालय

बाबा एजुकेसन कन्सल्टेन्सिको मुख्य प्रायोजन एवम आदर्स क्रिकेट एकेडमी, भद्रपुरको आयोजनामा मेची रंगशाला भद्रपुरमा मङ्सिर १८ देखि ‘झापा जिल्ला स्तरिय टि२० लिग क्रिकेट प्रतियोगिता’ हुने भएको छ |

प्रतियोगितामा सहभागी टिमहरु

१. मिलन क्रिकेट क्लब, मेचिनगर
२. आदर्श क्रिकेट एकेडमी, भद्रपुर
३. युनाइटेड क्रिकेट एकेडमी, बिर्तामोड
४. बोस्टन क्रिकेट एकेडमी, बिर्तामोड
५. आदर्श क्रिकेट क्लब, केचनाकवल
६. प्याट्रीयोटिक क्रिकेट ट्रेनिङ सेन्टर, दमक
७. धुलाबारी क्रिकेट एकेडमी, मेचिनगर
८. मेची मल्टिपल क्याम्पस, भद्रपुर

प्रतियोगिताको बिजेताले नगद रु ३५ हजार, उपबिजेताले रु २० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ | त्यसैगरी, प्रतियोगितामा म्यान अफ द सिरिजले रु ५ हजार, बेस्ट बलर, बेस्ट ब्याट्सम्यान, बेस्ट विकेटकिपर र उदयमान खेलाडीले रु २५ सय प्राप्त गर्नेछन |