Cricket Himalaya
Cricket News From Top of The World

सोमपाल कामी र रोहित पौडेल कतार टि१० लिगमा आवद्ध

मङ्सिर १६, क्रिकेट हिमालय

कतार टि१० लिग अन्तर्गत सोमपाल कामिले फ्लेयिङ ओरिक्स र रोहित कुमार पौडेलले हिट स्टोर्मर्स बाट खेल्ने | दुबै खेलाडीको पारिश्रमिक ३ हजार डलर रहेको छ |

डिसेम्बर ७-१६ सम्म एसियन टाउन स्टेडियम दोहा, कतारमा सन्चालन हुने कतार टि१० लिगमा फाल्कम हुन्टर्स, फ्लाइङ्ग ओरिक्स, डेजर्ट राइडर्स, पर्ल ग्लाडियटर्स, हिट स्टोर्मर्स, स्विफ्ट ग्यालोपर्स गरि कुल ६ टिम रहेका छन |

लिगका हरेक टिममा १ आइकन खेलाडी, ३ अन्तर्राष्ट्रिय खेलाडी, ३ जना एसोसिएट देसका खेलाडी, ८ जना लोकल खेलाडी गरि कुल १५ जना खेलाडी रहनेछन |

कतार टि१० लिगको ब्रान्ड एम्ब्यासडरमा पाकिस्तानी अलराउडर साहिद आफ्रीदी रहेका छन |