Cricket Himalaya
Cricket News From Top of The World

साग अन्तर्गत पुरुष क्रिकेट तर्फ सहभागी ५ वटै देसको आज टियु मैदानमा अभ्यास

मङ्सिर १६, क्रिकेट हिमालय

दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेट तर्फका खेलहरु मङ्सिर १७ देखि हुदैछन | प्रतियोगिताको पहिलो खेल आयोजक नेपाल र श्रीलन्का य२३ बिच भोलि बिहान ठिक ११ बजे किर्तिपुर स्थित टियु मैदानमा हुनेछ |

आज टियु मैदानमा सहभागी सबै टिमहरुले नेट सेसन र अन्य अभ्यास सम्पन्न गरेका छन |

आज बिहान ८.३० देखि १० बजेसम्म भुटानले प्राक्टिस गरेको थियो भने १० बजे देखि ११.३० सम्म श्रीलन्काल\nे अभ्यास गरेको थियो |

त्यसैगरी, ११.३० देखि दिउँसो १ बजेसम्म नेपाल अभ्यासको लागि टियु मैदान आएको थियो भने १ बजे देखि दिउँसो २.३० सम्म माल्दिभ्सले अभ्यास गरेको थियो | अन्त्यमा बङ्गलादेसले दिउँसो २.३० देखि ४ बजेसम्म अभ्यास गरेको थिए |