Cricket Himalaya
Cricket News From Top of The World

लक्ष ५ बलमा पूरा, माल्दिभ्स बिरुद्ध नेपाली महिला क्रिकेट टिम १० विकेटले बिजयी

मङ्सिर १६, क्रिकेट हिमालय

मङ्सिर १६-२४ सम्म पोखरा स्थित पोखरा रंगशाला, नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो खेलमा माल्दिभ बिरुद्ध १० विकेटको जित निकालेको छ |

सुरुमा ब्याटिङ गरेको माल्दिभ्स १०.१ ओभरमा अल आउट हुँदै १६ रनमा समेटिएको छ | नेपालको लागि अन्जली चन्दले २.१ ओभरमा कुनै रन नदिएर ६ विकेट लिएकी छन |

लक्ष पछ्याएको नेपालले कुनै विकेट नगुमाइ ०.५ ओभरमा १७ रन बनाएपछी सहज १० विकेटको जित निकाल्यो |काजल श्रेष्ठले ५ बलमा १३* रन बनाएकी छन |

साग अन्तर्गत क्रिकेटमा नेपाल, श्रीलंका, बङलादेश, र माल्दिभसले सहभागीता जनाउनेछ |

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अन्जली चन्द, सरिता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट, कविता कुवर