Cricket Himalaya
Cricket News From Top of The World

पाँचपोखरी सुपर८ क्रिकेट : श्रीन्खला चिमिती उपाधी बिजेता

मङ्सिर १४, क्रिकेट हिमालय

पाँचपोखरी क्रिकेट क्लब, सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर ११-१४ सम्म सन्चालन भएको ‘तेश्रो जिल्ला स्तरिय जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर८ क्रिकेट प्रतियोगिता, २०७५’ को उपाधि श्रीखंला चिमिती क्रिकेट क्लबले पाँच पोखरी क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै उचालेको छ |

टस हारेर पहिले ब्याटिङ गरेको पाँच पोखरी ७.५ ओभरमा अलआउट हुँदै ७५ रन बनाएको थियो ।मधु धितालले २४ तथा सविन धितालले २३ रनको योगदान गरेका थिए ।

बलिङतर्फ श्रीखंला चिमितीका सुरज तामाङले ३ विकेट हात पारे ।

लक्ष पछ्याएको श्रीखंला चिमितीले ७.३ ओभरमा ४ विकेट गुमाएर ७६ रन बनाएपछी ३ विकेटको जित हात पार्यो | जंग बहादुर तामाङले ५० रनको योगदान गरेका थिए भने अशोक तामाङले १४ रनको योगदान गरे ।

बलिङतर्फ पाँच पोखरीका मधु धितालले २ तथा विजय धितालले १ विकेट हात पारे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी जंग बहादुर तामाङ घोषित हुँदा उत्कृष्ट बलर एकनाथ नेपाल र उत्कृष्ट ब्याट्सम्यान अरुण तामाङ घोषित भए ।

विजेता श्रीखंला चिमितीले नगद ७५ हजार सहित ट्रफी , प्रमाणपत्र प्राप्त गर्दा उप – विजेता पाँच पोखरी क्रिकेट क्लबले नगद ३५ हजार सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ ।