Cricket Himalaya
Cricket News From Top of The World

अन्तर बिद्ध्यालय क्रिकेट, नुवाकोट : देबिघाट संस्कृत र अर्किड बि फाइनल प्रबेस

मङ्सिर १४, क्रिकेट हिमालय

नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको आजको खेलमा गुडविल एकेडेमीलाई पराजित गर्दै देविघाट सस्कृत मा.वि. फाईनलमा प्रवेश गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको देविघाट सस्कृत मावीले निर्धारित २० ओभरको खेलमा पूरा खेल्दै ९ विकेटको क्षतिमा ९० रन बनायो । देविघाटको तर्फबाट सुभाष गुरुङ्गले नटआउट ३४ रन र श्रीतेश राईले १४ रन बनाए ।

बलिङतर्फ गुडविलका बिकाश कुमालले ३ विकेट लिए ।

९१ रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको गुडविलले २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाउदा ९ रनले पराजित बन्न पुग्यो । गुडविलको तर्फबाट अमिक कुमालले २४ रन र बिकाश कुमालले १३ रन बनाए ।

बलिङतर्फ देविघाट सस्कृतका राजिव भन्डारी र सुभाष खतिवडाले समान २/२ विकेट लिए । खेलमा देविघाट सस्कृतका सुभाष गुरुङ्ग म्यान अफ दि म्याच घोषित भए ।

फाईनल खेल भोलि बिहान १० बजे अर्किड बि र सस्कृत मावीबिच हुनेछ ।