Cricket Himalaya
Cricket News From Top of The World

माल्दिभ्स बिरुद्ध तेश्रो अभ्यास खेलमा पनि नेपाल ए बिजयी

मङ्सिर १४, क्रिकेट हिमालय

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागिता जनाउन नेपाल आइपुगेको माल्दिभ्सको राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज मुलपानी क्रिकेट मैदानमा नेपाल ए बिरुद्ध तेश्रो अभ्यास खेलमा ८ विकेटको हार बेहर्यो |

सुरुमा ब्याटिङ गरेको माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ११२ रन वनाएको थियो | अहमद हसनले १९ रन बनाएका थिए | नेपालका लागि तिलक राज भन्डारी ३, बिक्रम सोब २, आकास चन्द, सेर मल्ल र राहुल प्रताप सिंहले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको नेपालले १३.५ ओभरमा २ विकेट गुमाउदै ११३ रन वनाएपछी ८ विकेटको जित हात पार्यो | नेपालका लागि रित गौतम १८ बलमा २४, विशाल बिक्रम केसि ०, सुबास खकुरेल ३० बलमा ३६*, सुनिल धमला ३२ बलमा ४१* रन बनाएका थिए |

पहिलो अभ्यास खेलमा माल्दिभ्स ४९ रनले पराजित भएको थियो | दोश्रो अभ्यास खेलमा १०७ रनको हार बेहोरेको थियो |

टियु क्रिकेट मैदानमा हुने साग पुरुष क्रिकेटमा नेपाल, माल्दिभ्स, भुटान, बंगलादेश र श्रीलंका रहेका छन |

नेपाल ए

दिलिप नाथ, सरद भेषावकर, सुबास खकुरेल, अमित श्रेष्ठ, सुनिल धमला, भिम सार्की, सागर ढकाल, रित गौतम, विशाल केसि, सेर मल्ल, आकास चन्द, मन्जित, नन्दन यादब