Cricket Himalaya
Cricket News From Top of The World

अन्तरकलेज स्तरीय क्रिकेट, रुपन्देही : साई ग्लोबल र सगरमाथा विजयी

रबिन्द्र प्रताप गुप्ता / भैरहवा, १३ मंसिर ।


रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ रंगशालामा जारी शेरबहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगितामा शुक्रबार भएको सेमिफाइनल खेलमा साई ग्लोबल एकेडमी भैरहवा र श्री सगरमाथा हाइयर सेकेण्डरी स्कूल देवदह विजयी भएका छन् । साई ग्लोबलले काशी नोबल एकेडमीलाई ४० रनले र सगरमाथाले रुपन्देही लीलारामलाई १ रनले पराजित ग¥यो ।

टस जितेर काशीले फिल्डिङले रोजेको थियो । पहिला व्याटिङ गरेको साई ग्लोबलले ९ विकेटको क्षतिमा १६२ रनको योगफल बनायो । उसका लागि साहब आलमले ५३, मिरनाल गुरुङले ३७, रुपेश बास्तोलाले २५ र मोहम्मद हुसेनले १७ रनको योगदान गरे । बलिङमा काशीका अजय कुमार लोहनीले ३, सन्देश जिसी तथा सन्दिप क्षेत्रीले २÷२ र दुर्गेश गुप्ताले १ विकेट लिए ।

जवाफमा काशीले ९ विकेटको क्षतिमा १२२ रन बनायो । उसका लागि दुर्गेश गुप्ताले ४३, शंकर रानाले २६ र सन्दिप क्षेत्रीले १४ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका सामोद पौडेलले ३, मोहम्मद हुसेन तथा मिरनाल गुरुङले २÷२ र साहब आलमले १ विकेट लिए । खेलमा साई ग्लोबलका साहब आलम म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको सगरमाथाले १० विकेटको क्षतिमा ७८ रनको योगफल बनायो । उसका लागि अर्जुन रायमाझीले १८, खुम पाण्डेले १७ र सुरज दराईले १२ रनको योगदान गरे । बलिङमा रुपन्देही लीलारामका रमेश कुर्मीले ५ तथा तुल बहादुर थापा, सन्तोष यादव र रोशन थामीले १÷१ विकेट लिए ।

जवाफमा रुपन्देही लीलारामले १० विकेटको क्षतिमा ७७ रन बनायो । उसका लागि रामचरन धवलले १३, रमेश कुर्मी र पुरुषोत्तम भट्टराईले ११÷११ रन बनाए ।

बलिङमा सगरमाथाका सरोज पाण्डेले ३, विराट क्षेत्रीले २ र सुरज दराईले १ विकेट लिए । खेलमा सगरमाथाका सरोज पाण्डे म्यान अफ द म्याच घोषित भएको आयोजक संस्थाका सचिव संजय गुरुङले बताए । शनिबारबार फाइनल साई ग्लोबल र सगरमाबीच हुने आयोजकले जनाएको छ ।

जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्य समेत रहेका युवा व्यवसायी विमल सेञ्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।