Cricket Himalaya
Cricket News From Top of The World

जिल्ला स्तरीय अन्तर बिद्ध्यालय क्रिकेट, नुवाकोट : संस्कृत र अर्किड मावी बिजयी

नुवाकोट क्रिकेट संघको आयोजनामा नुवाकोट आदर्श बहुमुखी क्याम्पसको खेलमैदानमा संचालित जिल्लाब्यापी अन्तर बिधालय क्रिकेट प्रतियोगीताको आजको खेलहरुमा अर्किड बि र सस्कृत मा.वि. बिजयी भएका छन् ।

शुभेनियर बोर्डिङ्ग स्कुल र अर्किड बि बिच भएको आजको पहिलो खेलमा अर्किड बि ३८ रनले बिजयी भएको हो । जितसङै अर्किड बि फाईनलमा प्रवेश गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको अर्किड बि ले निर्धारित २० ओभरको खेलमा ६ विकेट गुमाउदै ११३ रन बनायो । अर्किड बि को तर्फबाट सन्जय भट्टराईले ३३ रन र रन्जन डङोलले २० रन बनाए । बलिङतर्फ शुभेनियरका गौरव गजुरेलले ३ विकेट सविन दवाडीले २ विकेट लिए । ११४ रनको बिजयी लक्ष्य लिएर मैदानमा उत्रेको शुभेनियर बोर्डिङ्गले १७ रनमा अलआउट हुँदै ७६ रन बनाए । शुभेनियरका तर्फबाट सविन दवाडीले ३६ रन बाहेक अन्यले दोहोरो अन्क जोड्न सकेनन् । बलिङतर्फ अर्किडका प्रदिप माझी र आयुष पाण्डेले ३/३ विकेट लिए । खेलमा अर्किड बि का सन्जय भट्टराई म्यान अफ दि म्याच भए ।

त्यस्तै देविघाट सस्कृत मा.वि. र अर्किड ए बिच भएको दोस्रो खेलमा देविघाट सस्कृत मा.वि. ६ विकेटले बिजयी भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको अर्किड ए ११.४ ओभरमा अलआउट हुँदै ५३ रन बनायो । अर्किड ए का तर्फबाट पुकार माझीले १० रन बनाए । बलिङतर्फ देविघाट सस्कृतका समिर रिमालले ४ विकेट लिए ।
जवाफी ब्याटिङमा उत्रिएको देविघाट सस्कृतले ८.४ ओभरमा ४ विकेट गुमाउदै बिजयी लक्ष्य पार गर्यो । देविघाट सस्कृतको तर्फबाट सुवास गुरुङ्गले ११ रन बनाए । बलिङतर्फ अर्किड ए का सुनिल अर्जेलले १ विकेट लिए । खेलमा देविघाट सस्कृतका समीर रिमाल म्यान अफ दि म्याच घोषित भए ।
भोलिको खेल गुडविल एकेडेमी बिरुद्ध देविघाट सस्कृत मा.वि. बिच बिहान १० बजे हुनेछ ।