Cricket Himalaya
Cricket News From Top of The World

पाँचपोखरी सुपर८ क्रिकेट : भोटाङ्ग, मेलम्ची, श्रीन्खला र पाँचपोखरी सेमिफाइनल प्रबेस

मङ्सिर १३, क्रिकेट हिमालय

पाँचपोखरी क्रिकेट क्लब, सिन्धुपाल्चोकको आयोजनामा मङ्सिर ११-१४ सम्म सन्चालन हुँदै गरेको ‘तेश्रो जिल्ला स्तरिय जितबहादुर खडका स्मृति पाँचपोखरी सुपर८ क्रिकेट प्रतियोगिता, २०७५’ तेश्रो दिन सम्पन्न क्वाटरफाइनलका खेलहरुमा बिजयी हुदै भोटाङ्ग युथ क्लब, मेलम्ची नगरपालिका, पाँचपोखरी क्रिकेट क्लब, श्रीन्खला सेमिफाइनल प्रबेस गरेका छन |

पहिलो क्वाटरफाइनल : बार्हबिसे र भोटाङ्ग युथ क्लब

सुरुमा ब्याटिङ गरेको भोटाङ्गले ८ ओभरमा ४ विकेट गुमाउँदै १२० रन बनाएको थियो | अरुन तामाङ्गले २७ बलमा ५५ रन बनाएका थिए | बार्हबिसेका लागि पवन श्रेष्ठले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको बार्हबिसे ८ ओभरमा ५ विकेट गुमाउँदै ९५ रनमा रोकिएपछी २५ रनको हार बेहर्यो | बिज्ञान वोहराले १८ बलमा २७ रन बनाएका थिए | भोटाङ्गका लागि म्यान अफ द म्याच समेत घोसित अरुन तामाङ्गले २ विकेट लिएका थिए |

दोश्रो क्वाटरफाइनल : भोटाङ्ग देबि मावी र मेलम्ची नगरपालिका

सुरुमा ब्याटिङ गरेको भोटाङ्गले ८ ओभरमा २ विकेट गुमाउदै १२१ रन बनाएको थियो | पेम्बा तामाङ्गले १८ बलमा ६२ रन बनाएका थिए | मेलम्चिका लागि राजु दुलाल र राम्कृश्न दुलालले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको मेलम्चीले ७.२ ओभरमा ५ विकेट गुमाउँदै १२४ रन बनाएपछी २ विकेटको जित हात पार्यो | म्यान अफ द म्याच घोसित राम कृश्न दुलालले १३ बलमा ४२ रन बनाएका थिए | भोटाङ्गका लागि पेम्बा तामाङ्ग र पासाङ्ग तामाङ्गले समान २/२ विकेट लिएका थिए |

तेश्रो खेल : पाँचपोखरी र यार्शा क्लब

१०२ रन पछ्याएको पाँचपोखरिले ७.४ ओभरमा ४ विकेट गुमाउदै पूरा गरेपछी सहज ५ विकेटको जित हात पार्यो | म्यान अफ द म्याच घोसित बिजय कुमार धितालले १८ बलमा ३१ रन बनाएका थिए | यार्शाका लागि राहुल तामाङ्गले २ विकेट लिएका थिए |

त्यसअघि, सुरुमा ब्याटिङ गर्दै यार्शाले ८ ओभरमा १ विकेट गुमाउँदै १०१ रन बनाएको थियो | बिक्की तामाङ्गले २४ बलमा ६२ रन बनाएका थिए | पाँचपोखरिका लागि मधु धितालले १ विकेट लिएका थिए |

चौथो क्वाटरफाइनल : सिन्धु लायन्स र श्रीन्खला

सुरुमा ब्याटिङ गर्दै सिन्धुले ८ ओभरमा ५ विकेट गुमाउदै ७० रन बनाएको थियो | मनोज देउजाले २० बलमा ३५ रन बनाएका थिए | श्रीन्खलाको लागि सुरज तामाङ्गले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको श्रीन्खलाले ६.२ ओभरमा ३ विकेट गुमाउँदै ७४ रन बनाएपछी ४ विकेटको जित हात पार्यो | म्यान अफ द म्याच घोसित जङ बहादुर तामाङले ११ बलमा ३५ रन बनाएका थिए | सिन्धुका लागि सुदिप तिमिल्सिनाले १ विकेट लिएका थिए |

पाँचपोखरी थाङ्गपाल गाउँपालिका वडा नम्बर ६ धापमा जन्मिएका पारा ओलम्पिक खेलाडी स्व .जित बहादुर खड्काको स्मृतिमा प्रतियोगिता गरिदै आएको छ |

प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ | प्रतियोगिताको समूह चरणबाट शिर्ष दुई टिम क्वाटरफाइनल पुग्नेछ्न । त्यसपछि सेमिफाइनल र फाइनल खेल हुनेछ |