Cricket Himalaya
Cricket News From Top of The World

नेक्ससद्वारा नोयडा, भारत स्थित पल्ला क्रिकेट एकेडमी पराजित

मङ्सिर ४, क्रिकेट हिमालय

ब्याट्रीक क्रिकेट एकेडमी, भारतको ब्यवस्थापनमा सेन्चुरियन क्रिकेट मैदान नोयडा, दिल्लीमा मङ्सिर ३-५ सम्म सन्चालित ‘नेक्सस-पल्ला क्रिकेट एकेडमी’ मैत्रीपुर्ण एकदिवसीय सिरिजको दोश्रो खेलमा नेक्सस क्रिकेट एकेडमी (NCA) ले पल्ला क्रिकेट एकेडमी, नोइडा, भारतलाई ४८ रनले पराजित गर्दै सिरिज २-० ले जितेको छ |

सुरुमा ब्याटिङ गरेको नेक्ससले अलआउट हुँदै २०० रन बनाएको थियो | उसका लागि अमृत थापाले १०३ बलमा ८४*, अभय राज उपाध्यायले ३३ बलमा २८, समीर बिस्टले २७ बलमा १०, राज बमले ८ बलमा १९ रन बनाएका थिए |

लक्ष पछ्याएको पल्ला क्रिकेट एकेडमी अलआउट हुँदै १५२ रनमा समेटिएपछी ४८ रनको हार बेहर्यो |

नेक्ससका लागि राज बम र सन्देस पान्डेयले समान ३/३, रमेस बुढा र अनुराग सिंहले समान १/१ विकेट लिएका थिए |

नेक्ससका अमृत थापा प्लेयर अफ द म्याच घोसित भएका थिए |

नेक्सस क्रिकेट एकेडमी एक महिने भारत भ्रमणमा रहेको छ |