Cricket Himalaya
Cricket News From Top of The World

केडिसिसि-एमसिसि यु१६ क्रिकेट सिरिज : दोश्रो खेलमा एमसिसि बिजयी

धनगढी, ४ मङ्सिर

धनगढीमा जारी कैलाली जिल्ला क्रिकेट क्लब (KDCC) र मिलन क्रिकेट क्लब (MCC) बिचको मैत्रीपुर्ण सिरिजको दोश्रो खेलमा मिलन क्रिकेट क्लब बिजयी भएको छ |

कैलाली जिल्ला क्रीकेट क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। फलस्वरूप, कैलाली जिल्ला क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा पुरै ४० ओभर खेल्दै ९ विकेटको क्षति १८७ रन बनाउन सक्यो |

ब्याटिङतर्फ कैलाली जिल्ला क्रीकेट क्लवका लागि शिशिर थापाले सर्वाधिक ४० रन बनाउदा कप्तान हृदय विठारीले ३३ रन बनाउन सफल भएभने त्यस्तै, सागर लोथ्यालले २० रन बनाउन सफल भएका थिए |

बलिङतर्फ मिलन क्रीकेट क्लवका आशिक रानामगरले ३ विकेट लिन सफल हुँदा धनेश्वर राजवंशी र विकास डागीले समान २/२ विकेट लिएका थिए |

१८८ रनको विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको मिलन क्रीकेट क्लवले निर्धारित ४० ओभरको खेलमा ३४ ओभर खेल्दै ७ विकेटको क्षतिमा १८८ रन बनाउदै रोमाञ्चक ३ विकेटको जित दर्ता गराउन सफल हुँदै सिरिज १-१ को बराबरी गर्न सफल भएको छ।

मिलन क्रीकेट क्लवका शङ्कर खत्रीले सर्वाधिक ५३ रन बनाउदा ग्रीसल पौडेलले ३९ रन बनाउन सफल भए।त्यस्तै,धनेश्वर राजवंशीले २७ रन बनाउन सफल भए।

बलिङतर्फ दिपक रोकायाले सर्वाधिक ३ विकेट लिन सफल हुँदा सुनिल लोथ्यालले २ विकेट लिन सफल हुँदा आफ्नो टिमलाइ जित भने दिलाउन सकेनन् ।
सिरिजको दोश्रो खेल मिलन क्रीकेट क्लवले ३ विकेटले जित्न सफल भएको छ।

खेलको म्यान अफ दी म्याच मिलन क्रीकेट क्लवका शङ्कर खत्री घोषित हुन सफल भएका छन्।