Cricket Himalaya
Cricket News From Top of The World

बर्षाले खेल अवरुद्ध, सन्दिप आवद्ध कर्णाटकले मराठा अरेबियन्स सङ्ग बाड्यो अन्क

मङ्सिर ४, क्रिकेट हिमालय

नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले सुपर लिगको पहिलो खेलमा बर्षाले खेल अवरुद्ध हुदा मराठा अरेबियन्स सङ्ग अन्क बाडेको छ |

टस जितेर ब्याटिङ रोजेको मराठाले १० ओभरमा ४ विकेट गुमाउँदै १२९ रन बनाएको छ | क्रीस लिनले ३१ बलमा ६१, एडम ल्यिथले २० बलमा ५० रन बनाएका थिए |

सन्दिप लामिछानेले २ ओभरमा २५ रन दिएर १ विकेट लिएका छन |

बर्षाले खेल अवरुद्ध गर्दा दोश्रो इनिङ सुरु हुन सकेन |

कर्णाटकाको यात्रा

कर्णाटकाले दिल्ली बुल्सलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बङ्गला टाइगर्स बिरुद्ध ५ विकेटले पराजित रहेको थियो | तेश्रो खेलमा डेक्कन ग्लाडियटर्स बिरुद्ध ५ विकेटले पराजित रहेको थियो |

सन्दिप लामिछानेको प्रदसन

सन्दिपले पहिलो खेलमा २ ओभरमा १९ रन दिएर १ विकेट लिएका थिए | त्यसैगरी, दोश्रो खेलमा २ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए | त्यसैगरी, तेश्रो खेलमा सन्दिपले २ ओभरमा ३५ रन दिएर कुनै विकेट लिन सकेनन |

टि१० का टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

सन्दिप आवद्ध कर्णाटक टस्कर्स

हसिम अमला (आइकन), सन्दिप लामिछाने, पाट ब्राउन, इभिन लेविस, केसरिक विल्लियम्स, जोहन्सन चार्ल्स, रोस व्हाइट्ले, फेबियन एलन, सापुर जाद्रान, अहमद रजा, असिफ मुमताज, मार्लोन स्यामुयल्स, नथान रिममिङ्ग्टन, सफिकुल्लह, असद पठान, उपुल थराङ्गा