Cricket Himalaya
Cricket News From Top of The World

पारस खडका आवद्ध ‘आबुधाबि’ ले चौथो खेल बङ्गला टाइगर्स बिरुद्ध खेल्दै

मङ्सिर ३, क्रिकेट हिमालय

नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम आबुधाबिले चौथो खेल बङ्गला टाइगर्स बिरुद्ध साझ ९.४५ बजे खेल्दैछ |

लिगचरणका खेल सकिएर टि१० अन्तर्गत आजबाट सुपर लिगका खेलहरु सुरु हुदैछन |

टिम आबुधाबिको यात्रा

पहिलो खेलमा टिम आबुधाबिले कलन्दर्स बिरुद्ध अन्क बाडेको थियो भने दोश्रो खेलमा नर्दनलाइ ६ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा मराठा अरेबियन्स सङ्ग २४ रनले पराजित भएको थियो |

पारस खडकाको प्रदसन

पहिलो खेलमा पारसले ३ बलमा ३* रन बनाएका थिए भने दोश्रो खेलमा १ बलमा १* रन बनाएका थिए | तेश्रो खेलमा भने पारस प्लेयिङ ११ भित्र परेका थिएनन |

टि१० का टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

पारस आवद्ध टिम आबुधाबी

मोइन अलि (आइकन), मोहम्मद आमिर, ह्यारी गुर्ने, लुक राइट, कोरे एन्डर्सन, लेविस ग्रेगोरी, बेन लफलिन, निरोसन डिक्वेल्ला, रिचर्ड ग्लिसन, रोहन मुस्तफा, रमिज सहजाद, हेडन वाल्स, एलेक्स डिभिज, पारस खडका