Cricket Himalaya
Cricket News From Top of The World

महङ्गिए सन्दिप, डेक्कन ग्लाडियटर्स कर्णाटका बिरुद्ध बिजयी

मङ्सिर २, क्रिकेट हिमालय

नोभेम्बर १५ देखि सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना भैरहेको ‘अल्दर प्रोपर्टिज टि टेन अबउधाबी टि१० लिग’ अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले तेस्रो खेलमा डेक्कन ग्लाडियटर्सले ५ विकेटले पराजित गरेको छ |

सुरुमा ब्याटिङ गरेको कर्णाटकाले १० ओभरमा ३ विकेट गुमाउँदै ११० रन बनाएको छ | चार्ल्सले १४ बलमा २७, लेविसले १४ बलमा २३, हसिम अमलाले १९ बलमा ३२* रन, व्हाइटलिले ७ बलमा १३ रन बनाएका थिए |

डेक्कनका लागि जहिर खानले १, मिगैल पेटोरियसले १ विकेट लिएका थिए |

लक्ष पछ्याएको डेक्कनले ८.३ ओभरमा ५ विकेट गुमाउँदै १११ रन बनाएपछी सहज जित हात पार्यो | पोलार्डले २२ बलमा ४५*, राजप्क्षाले ७ बलमा २७ रन बनाएका थिए |

सन्दिप लामिछानेले २ ओभरमा ३५ रन दिएर कुनै विकेट लिन सकेनन |

कर्णाटकाको यात्रा

कर्णाटकाले दिल्ली बुल्सलाई पहिलो खेलमा ११ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा बङ्गला टाइगर्स बिरुद्ध ५ विकेटले पराजित रहेको थियो |

सन्दिप लामिछानेको प्रदसन

सन्दिपले पहिलो खेलमा २ ओभरमा १९ रन दिएर १ विकेट लिएका थिए | त्यसैगरी, दोश्रो खेलमा २ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए |

टि१० का टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

सन्दिप आवद्ध कर्णाटक टस्कर्स

हसिम अमला (आइकन), सन्दिप लामिछाने, पाट ब्राउन, इभिन लेविस, केसरिक विल्लियम्स, जोहन्सन चार्ल्स, रोस व्हाइट्ले, फेबियन एलन, सापुर जाद्रान, अहमद रजा, असिफ मुमताज, मार्लोन स्यामुयल्स, नथान रिममिङ्ग्टन, सफिकुल्लह, असद पठान, उपुल थराङ्गा