Cricket Himalaya
Cricket News From Top of The World

इमर्जिङ टिम्स, एसिया कप : नेपाल बङ्गलादेस यु२३ बिरुद्ध खेल्दै

मङ्सिर २, क्रिकेट हिमालय

कार्तिक २८ देखि बंगलादेशमा सुरु भएको ‘इमर्जिङ टिम्स, एसिया कप’ अन्तर्गत नेपालले तेश्रो खेल आज बिहान ८.४५ बजे बङ्ग्लादेस बिरुद्ध खेल्दैछ |

बलियो देखिएको बङ्ग्लादेसलाइ जित्नै पर्ने अवस्थामा नेपाल रहेको छ |

प्रतियोगिताको पहिलो खेलमा भारत यु२३ बिरुद्ध ७ विकेटले पराजित भएको छ | दोश्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको छ |

प्रतियोगिता अन्तर्गत भारत, बङ्गलादेस, हङकङ र नेपाल ग्रुप बिमा रहेका छनभने श्रीलन्का, पाकिस्तान, अफ्घानिस्तान र ओमान ग्रुप एमा रहेका छन |

टेस्ट रास्ट्रबाट यु२३ टिम रहेका छनभने एसोसिएट देसहरुको सिनियर टिमले प्रतिस्पर्धा गर्नेछ |

नेपाल

ज्ञानेन्द्र मल्ल(कप्तान), दीपेन्द्र सिंह ऐरी, शरद भेषवकर, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सुसन भार, मोहम्मद आरिफ शेख, कुशल भुर्तेल

प्रशान्तबिक्रम मल्ल व्यवस्थापक, उमेश पटवाल प्रमुख प्रशिक्षक, रमन शिवाकोटी भिडियो एनालिष्ट र विक्रम न्यौपाने फिजियो रहेका छन |