Cricket Himalaya
Cricket News From Top of The World

सन्दिपको उत्कृष्ट प्रदसन, कर्णाटका बङ्गला टाइगर्स बिरुद्ध पराजित

मङ्सिर १, क्रिकेट हिमालय

नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले दोश्रो खेलमा बङ्गला टाइगर्स बिरुद्ध ६ विकेटले पराजित भएको छ |

सुरुमा ब्याटिङ गरेको कर्णाटकाले १० ओभरमा १ विकेट गुमाउँदै ११४ रन बनाएको छ | चार्ल्सले २९ बलमा ५७, हसिम अमलाले २९ बलमा ४७* रन बनाएका थिए |

बङ्गलाका लागि केभिन कोथ्थिगोडाले १ विकेट लिएका छन |

लक्ष पछ्याएको बङ्गलाले ८.५ ओभरमा ५ विकेट गुमाउँदै ११७ रन बनाएको थियो | फ्लेचरले १५ बलमा ४०, रोस्सोले १० बलमा २२ रन, टम मोर १० बलमा २८* रन बनाएका थिए |

कर्णाटकका लागि सन्दिप लामिछानेले २ ओभरमा ९ रन दिएर २ विकेट लिएका थिए |

कर्णाटकाको यात्रा

पहिलो खेलमा कर्णाटकाले दिल्ली बुल्सलाई ११ रनले पराजित गरेको थियो |

सन्दिप लामिछानेको प्रदसन

पहिलो खेलमा सन्दिपले २ ओभरमा १९ रन दिएर १ विकेट लिएका थिए |

टि१० का टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

सन्दिप आवद्ध कर्णाटक टस्कर्स

हसिम अमला (आइकन), सन्दिप लामिछाने, पाट ब्राउन, इभिन लेविस, केसरिक विल्लियम्स, जोहन्सन चार्ल्स, रोस व्हाइट्ले, फेबियन एलन, सापुर जाद्रान, अहमद रजा, असिफ मुमताज, मार्लोन स्यामुयल्स, नथान रिममिङ्ग्टन, सफिकुल्लह, असद पठान, उपुल थराङ्गा