Cricket Himalaya
Cricket News From Top of The World

दाङमा हिमाल महराको अध्यक्षतामा ‘बगलाचुलि क्रिकेट बिकास समन्वय समिति’ गठन

दाङ, कार्तिक २९

दाङ जिल्लाको विकट पहाडी क्षेत्र बगलाचुलि गाउँ पालिकामा ‘बगलाचुलि गाउँ पालिका स्तरीय क्रिकेट बिकास समन्वय समिति’ गठन गरिएको छ |

बगलाचुलि गाउँ पालिका स्तरीय क्रिकेट क्लब, कृकेट खेलाडी र सरोकारवालाहरुको बृहत् भेलाले हिमाल महराको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ्।

कार्यसमिति

अध्यक्ष : हिमाल महरा, उपाध्यक्ष : पुर्ण राना, सचिब : मधुसुदन गिरि, सह सचिब : गुरु बिक सदस्यहरु : धन बाहदुर पुन, दिप्सन जिसि, क्षितिज खड्का, खेतुलाल नेपाली, लोक बाहदुर बिक, रबि रोका र शृजन घर्ति

भेला दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँको अध्यक्षता र बगलाचुलि गाउँ पालिका उपाध्यक्ष यमुना घर्तिको प्रमुख आथित्यतामा सम्पन भएको थियो ।

दाङ क्रिकेट संघका उपाध्यक्ष किशोर घर्तिको स्वगत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रदेश न ५ क्रिकेट बिकास समितिका सद्स्य कैलास रोका, बगलाचुलि गाउँ पालिका ३ का अध्यक्ष शोभाराम बिक, बगलाचुलि गाउँ पालिका ४ का अध्यक्ष नारायण डागि लगायतले मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपाध्यक्ष घर्तीले गाउपालिकामा युवाहरुलाइ खेलकुद को लागि राम्रो व्यवस्था मिलाउने र अागामि दिनमा बंगलाचुलि गाउपालिकालाइ क्रिकेट तथा खेलकुदमा विश्व सामु चिनाउने वताए |

कार्यक्रममा बोल्दै दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले दाङ जिल्लाको क्रिकेट बिकास र खेलाडी उत्पादनमा यस पालिकाको योगदान रहदै आएको र आगामि दिनमा थप सक्रियताको लागी संस्थागत प्रयास आबस्यक देखिएकोले औपचारिक रुपमा यस पालिकामा पालिका स्तरीय क्रिकेट बिकास समन्वय समिति गठन गरिएको साथै समिति, पलिका सङ मिलेर आगामि दिन मा थप योजना सहित बिभिन्न कार्यक्रम हरु सन्चालन गर्ने बताएका छन |

जिल्लामा रहेका १० वटा पालिकामा समान बिकास र अबसर दिने उदेस्यले सबै स्थानिय तहहरुमा क्रिकेट बिकास समन्वय समिति गठन गर्न लगिएको मजगैयाले जनाएका छन |