Cricket Himalaya
Cricket News From Top of The World

टि१० लिग अन्तर्गत पारस आवद्ध टिम अबुधाबी र कलन्दर्स बिचको खेल टाइ

कार्तिक २९, क्रिकेट हिमालय

नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधावि र कलन्दर्स बिचको खेल टाइ भएको छ |

सुरुमा ब्याटिङ गरेको अबुधाबिले १० ओभरमा ६ विकेट गुमाउँदै १०३ रन बनाएको थियो | एन्डर्सनले २२ बलमा ४३, डिक्वेल्लाले ७ बलमा १७, लुक राइटले १५ बलमा २० रन बनाएका थिए |

पारस खडकाले ३ बलमा ३* रन बनाएका थिए |

कलन्दर्सका लागि सि कुमाराले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको कलन्दर्सले पनि १० ओभरमा ३ विकेट गुनाएर १०३ नै रन बनाएपछी रोमान्चक टाइ भएको थियो | डि मलनले १८ बलमा ३३, पि सल्टले १४ बलमा २२, रोन्चिले १९ बलमा २३ रन बनाएका थिए |

अबुधाबिका लागि एम डि लेन्जले २ विकेट लिएका थिए |

|

टि१० का टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

पारस आवद्ध टिम आबुधाबी

मोइन अलि (आइकन), मोहम्मद आमिर, ह्यारी गुर्ने, लुक राइट, कोरे एन्डर्सन, लेविस ग्रेगोरी, बेन लफलिन, निरोसन डिक्वेल्ला, रिचर्ड ग्लिसन, रोहन मुस्तफा, रमिज सहजाद, हेडन वाल्स, एलेक्स डिभिज, पारस खडका