Cricket Himalaya
Cricket News From Top of The World

‘सन्दिप लामिछाने’ दिल्लि क्यापिटल्समै रहने पक्का

कार्तिक २९, क्रिकेट हिमालय

इन्डियन प्रिमियर लिग (IPL) को नेपाली युवा स्टार सन्दिप लामिछाने आवद्ध ‘दिल्ली क्यापिटल्स’ सन्दीप लामिछानेलाई रिटेन गरेको छ |

दिल्लीले सन्दीपसहित श्रेयस ऐर, पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त, इशान्त शर्मा, अमित मिश्रा, कागिसो रबाडा, आभेष खान, किमो पल, अक्षर पटेल र हर्ष पटेललाई रिटेन गरेको छ |

दिल्लीले रविचन्द्रन आश्विन र अजिंक्या रहाणेलाई यो सिजन किनेको थियो ।

आईपीएलको आगमी अक्सन आगमी पुष ३ मा हुँदैछ ।