Cricket Himalaya
Cricket News From Top of The World

पारस प्लेयिङ ११ मा, टिम आबुधाबिले सुरुमा कलन्दर्स बिरुद्ध ब्याटिङ गर्दै

कार्तिक २९, क्रिकेट हिमालय

नोभेम्बर १५-२४ सम्म सेख जायद स्टेडियम, अबुधाबी युएईमा आयोजना हुने टि टेन (T10) लिग अन्तर्गत पारस खडका आवद्ध टिम अबुधाविले पहिलो खेलमा कलन्दर्स बिरुद्ध सुरुमा ब्याटिङ गर्दैछ |

कलन्दर्सले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको हो | पारस खडका प्लेयिङ ११ मा रहेका छन |

सन्दिप लामिछाने आवद्ध कर्णाटक टस्कर्सले पहिलो खेल कार्तिक ३० गते दिल्ली बुल्स बिरुद्ध खेल्ने्छ |

टि१० अन्तर्गत आइकन खेलाडी र टिमहरु

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

पारस आवद्ध टिम आबुधाबी

मोइन अलि (आइकन), मोहम्मद आमिर, ह्यारी गुर्ने, लुक राइट, कोरे एन्डर्सन, लेविस ग्रेगोरी, बेन लफलिन, निरोसन डिक्वेल्ला, रिचर्ड ग्लिसन, रोहन मुस्तफा, रमिज सहजाद, हेडन वाल्स, एलेक्स डिभिज, पारस खडका

सन्दिप आवद्ध कर्णाटक टस्कर्स

हसिम अमला (आइकन), सन्दिप लामिछाने, पाट ब्राउन, इभिन लेविस, केसरिक विल्लियम्स, जोहन्सन चार्ल्स, रोस व्हाइट्ले, फेबियन एलन, सापुर जाद्रान, अहमद रजा, असिफ मुमताज, मार्लोन स्यामुयल्स, नथान रिममिङ्ग्टन, सफिकुल्लह, असद पठान, उपुल थराङ्गा

सन्दीप लामिछाने ‘कर्नाटक टस्कर्स’ मा ४५ हजार डलरमा अनुबन्धित भएका थिएभने पारस खडका ‘अबुधाबी’ मा १० हजार डलरमा अनुबन्धित भएका हुन |