Cricket Himalaya
Cricket News From Top of The World

च्यालेन्जर्स कप, भारत : नेपाल यु१९ द्वारा भारत ‘बि’ लाइ २११ रनको लक्ष

कार्तिक २९, क्रिकेट हिमालय

हैदराबाद, भारतमा नोभेम्बर ११-१७ सम्म आयोजना हुने ‘च्यालेन्जर्स कप’ मा सहभागी नेपाल यु१९ एले तेश्रो खेलमा भारत यु१९ ब्लु (बि) लाई २११ रनको लक्ष दिएको छ |

सुरुमा ब्याटिङ गरेको नेपाल यु१९ ले ४९.५ ओभरमा अलआउट हुँदै २१० रन बनाएको छ |

नेपालको लागि रित गौतमले ९३ बलमा ८४, हरि चौहानले ३६ बलमा २०, कुसल मल्ल १२, सेर मल्ल अ४७ बलमा ३३, आकास चन्द्र १८ रन बनाएका थिए |

भारत ब्ल्युका लागि आकिब अब्दुल्लाह १, बिबेक नरेस १, दिब्यान्स जोशी ३, आर बिस्नोइ १ विकेट लिएका थिए |

भारत भ्रमणमा रहेको नेपाल यु१९ एले आफ्नो पहिलो खेलमा भारत येल्लो (सि) सङ्ग १० विकेटले पराजित भएको थियो | दोश्रो खेलमा भारत रेड (ए) सङ्ग १०७ रनको हार बेहोरेको छ |

प्रतियोगितामा इन्डिया ब्लु (B), येल्लो (C), रेड (A) र नेपाल यु१९ ए गरि ४ टिमहरुको सहभागीता रहेको छ |

नेपाल यु१९ ए

रित गौतम (कप्तान), लोकेस बहादुर बम, तृतराज दास, विशाल विक्रम केसि, खडक बहादुर बोहरा, अभिषेक बस्नेत, हरि बहादुर चौहान, अरुन ऎरि, कुसल मल्ल, बिबेक कुमार यादब, सुर्य तामाङ्ग, तिलक राज भन्डारी, सेर मल्ल, आकास चन्द, प्रतिस जिसि, गौतम केसि