Cricket Himalaya
Cricket News From Top of The World

नेपाल यु१९ गर्ल्स ‘बि एन्ड आर कप, चिन’ मा मलेसिया बिरुद्ध पराजित

कार्तिक २९, क्रिकेट हिमालय

नोभेम्बर ११ देखि चिनको संघाईमा आयोजना भैरहेको ‘बि एण्ड आर कप टि-२०’ प्रतियोगिता अन्तर्गत नेपाली अन्डर-१९ महिला राष्ट्रिय टिमले चौथो खेलमा मलेसिया बिरुद्ध ५ विकेटले पराजित भएको छ |

सुरुमा ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर ११४ रन बनाएको थियो |

नेपालका लागि राजमती ऎरिले ३७, कविता कुवरले १९, लक्ष्मी साउदले १९, डलि भट्टले १३ रन बनाएका थिए |

लक्ष पछ्याएको मलेसियाले २० ओभरमा ५ विकेट गुमाउदै ११६ रन बनाएपछी ५ विकेटको जित हात पार्यो |

नेपालका लागि कृतिका मरासिनी, कविता कुवर, लक्ष्मी साउद, इश्वरी बिस्टले समान १/१ विकेट लिएका थिए |

पहिलो खेलमा नेपाल यु१९ महिला टोलि थाइल्यान्ड बिरुद्ध २९ रनले पराजित भएको थियो भने दोश्रो खेलमा चिनलाइ ८ विकेटले पराजित गरेको थियो | त्यसैगरी, तेश्रो खेलमा म्यानमारलाइ ३५ रनले पराजित गरेको छ |

नेपाल लगायत आयोजक चिन, मलेसिया, म्यानमार, थाईल्याण्ड गरि कुल ५ टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए |

टिम नेपाल

डली भट्ट ( कप्तान ), कविता कुँवर (उपकप्तान ), कृतिका मरासिनी, यसोधा बिस्ट, श्रिस्टि जैसी, राजमती ऐरि, इश्वरी बिस्ट, लक्ष्मी साउद, खुसि डंगोल, गोमा आले, ज्योति दनुवार, निग्मा तामांग, शिला रेग्मी, लाखिता राजबंशी

प्रशिक्षकमा कलाम अलि, व्यवस्थापकमा अमृता पौडेल र फिजियोमा सकुना दानी रहेकी छन |