Cricket Himalaya
Cricket News From Top of The World

रंगशालालाई ‘भरतपुर खानेपानी बोर्ड र कर्मचारीको रु १.५१ लाख सहयोग

कार्तिक २९, क्रिकेट हिमालय

जनस्तरबाट निर्माण भईरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माण अभियानका लागी भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड चितवन तथा कर्मचारीहरुको तर्फबाट संकलन गरिएको १ लाख ५१ हजार रुपैंया सहयोग धुर्मुस सुन्तली फाउण्डेशनलाई प्राप्त भएको छ ।

प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भै सकेको छ | कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको रामपुरको २२ विघा १७ कट्ठा जमिनमा, भरतपुर महानगरपालिकाले बिश्वबिद्धालयलाई सट्टाभर्ना दिने गरि, अहिले रंगशाला बन्दै छ |

रंगशाला निर्माणका सम्बन्धमा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच गएको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो |

क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले तयार पारेको डिपिआर अनुसार ३० हजार दर्शक अटाउने क्षमताको रंगशाला निर्माणका लागि भ्याट बाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान छ | पाचवटा पिच हुने क्रिकेट मैदान ७० मिटर रेडियसको हुने छ |

कमलको फुलको आकार अनुरुप मल्लकालीन नेपाली वास्तुकलाको मिश्रण रंगशालामा देख्न पाइने जनाइएको छ |