Cricket Himalaya
Cricket News From Top of The World

लेकसाइड ओपन टि१० क्रिकेट, पोखरा : मियापाटन र सुभतारा बिजयी

कार्तिक २६, क्रिकेट हिमालय

फेवा क्रिकेट क्लब, लेकसाइडको आयोजनामा क्याम्पिङ ग्राउन्ड हल्लनचोकमा कार्तिक २३-३० सम्म संचालित ‘दोश्रो लेकसाइड ओपन टि१० क्रिकेट प्रतियोगिता’ अन्तर्गत मियाँपाटन ११ र शुभतारा युवा क्लब विजयी भएका छन्

पहिलो खेल

टस जितेर पहिले व्याटिङ गरेको मियाँपाटनले १० ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो । बिराट दवाडीले सर्वाधिक १७ बलमा २३ रन बनाएका थिएभने दिवस गिरीले १६ रन बनाएका थिए |

क्यानाबिसका लागि मनिष मण्डल र अनिष अर्यालले समान २-२ विकेट लिएभने अमिर देवन र अमृत अधिकारीले समान १-१ विकेट लिन सफल भएका थिए |

लक्ष्य पक्ष्याएको क्यानाबिस केबल २९ रनमै समेटिएपछि मियाँपाटनलाई ४३ रनले नतिजा सुम्पिएको हो । नमन राज शाहले उच्च १७ रन बनाएका थिए |

मियापाटनका लागि अब्दुुल खलिद, इमितियाज आलम, रोनित बताजुले समान २-२ विकेट लिए ।

म्यान अफ द म्याच रेजुद देले १ मेडन ओभर गर्दै २ विकेट लिए ।

दोस्रो खेल

दोश्रो खेलमा शुभतारा युवा क्लबले रक ११ स्याङ्जालाई ७ रनले पराजित गरेको छ |

८२ रनको लक्ष्य पक्ष्याएको स्याङ्जा ७४ रनमा समेटिएको थियो । टिटु यादवले १९ रन बनाए भने हाम्जाले १८ रन बनाए ।

शुभताराका लागि रामनाथ यादवले ह्याट्रीक ३ विकेट लिएका थिए, विजय यादवले २ विकेट लिए भने सुशान्त सिंह, प्रमोद र मिराजले समान १-१ विकेट लिए ।

यसअघि टस जितेर पहिले व्याटिङ गरेको शुभताराले निर्धारित १० ओभरमा ८१ रन बनाएको थियो । शुभयात्राका लागि आशिशले १८ रन, शुशान्त सिंहले १७ रन, रामनाथ यादवले १४ रन बनाए ।

स्याङजाका लागि टिटु यादवले २ विकेछ लिँदा अनिष शेख, अमरजित, प्रफुल यादव र मक्सुदले समान १(१ विकेट लिए ।

ह्याट्रिक लिएका रामनाथ यादव म्यान अफ द म्याच घोषित भए ।

कुल १६ टिमहरु सहभागी प्रतियोगिताको बिजेताले नगद रु ७७,७७७ र उपबिजेताले रु ४४,४४४ प्राप्त गर्नेछन |