Cricket Himalaya
Cricket News From Top of The World

एमसिसि नेपाल भ्रमण : अन्तिम खेल पोखरामा ‘मुख्यमन्त्री ११’ बिरुद्ध खेल्नेछ

कार्तिक २५, क्रिकेट हिमालय

नेपाल भ्रमणमा रहेको इङल्यान्डको प्रतिस्ठित क्लब ‘मेरिलिबोन क्रिकेट क्लबले (MCC)’ ले भ्रमणको छैठौ एवन अन्तिम खेल पोखरा स्थित पोखरा रंगशालामा मुख्यमन्त्री ११ बिरुद्ध कार्तिक २६ गते बिहान ९ बजे खेल्नेछ |

मुख्यमन्त्री ११

१. बिधान श्रेष्ठ (कास्की) २. दिपेश खत्री (कास्की) ३. गोबिन्द प्रधान (कास्की) (कप्तान )
४. अनिल गुरुङ (कास्की) ५. बिपिन खत्री (कास्की) ६. अमृत गुरुङ (कास्की) ७. सुभाष भण्डारी (कास्की) ८. दिपेश श्रेष्ठ (नबलपुर)
९. किशोर महतो (नबलपुर) १०. मुस्कान थापा (कास्की) ११. चन्द्र कान्त पौडेल ( तनहुँ )
१२. प्रबिन ढकाल(स्याङ्जा ) १३. रमेश बस्नेत (बाग्लुङ ) १४. बिशाल (नबलपुर)

टिम मेनेजरमा चन्द्र कुमार गुरुङ र प्रशिक्षक रिजन प्रजू रहेका छन |

एमसिसि भ्रमण नतिजा

किर्तिपुर स्थित टियु मैदानमा एमसिसिले सुरुवाती चार वटै खेल खेलेको थियो | भ्रमणको पहिलो खेलमा नेपाल यु१९ एलाई ३८ रनले पराजित गरेको एमसिसिले दोश्रो खेलमा भने नेपाल सिनियर सङ्ग ५ विकेटले पराजित भएको थियो | त्यसैगरी, प्रथम श्रेणी खेल अन्तर्गत नेपाल रास्ट्रीय क्रिकेट टिमलाइ २०८ रनले पराजित गरेको थियो | चौथो खेलमा नेपाल सिनियर र यु१९ मिक्स टिमलाइ एमसिसिले ११३ रनले पराजित गरेको थियो | पाचौ खेलमा पोखरा ११ लाई ४२ रनले पराजित गरेको थियो |