Cricket Himalaya
Cricket News From Top of The World

लेकसाइड ओपन टि१०, पोखरा : दोश्रो दिन पिसिए र फेवा क्रिकेट क्लब बिजयी

कार्तिक २५, क्रिकेट हिमालय

फेवा क्रिकेट क्लब, लेकसाइडको आयोजनामा क्याम्पिङ ग्राउन्ड हल्लनचोकमा कार्तिक २३-३० सम्म संचालित ‘दोश्रो लेकसाइड ओपन टि१० क्रिकेट प्रतियोगिता’ अन्तर्गत दोश्रो दिनको खेलहरुमा पोखरा क्रिकेट एकेडमी (PCA) र फेवा क्रिकेट क्लब बिजयी भएका छन |

पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको अन्नपूर्ण क्रिकेट क्लबले १० ओभरमा ७ विकेट गुमाउँदै ४३ रन बनाएको थियो | निसान गुरुङ्ग र बिबेक भुजेलले समान १३/१३ रन बनाएका थिए |

पिसिएका सुबास भन्डारी ३, बिजय रावत, प्रदिप रावत, सिके पौडेलले समान १/१ विकेट लिएका थिए |

लक्ष पछ्याएको पिसिएले ५.५ ओभरमा कुनै विकेट नगुमाइ ४४ रन बनाएपछी सहज १० विकेटको जित हात पार्यो | रिजन प्रजुले २० बलमा २८ रन, प्रेम गुरुङले ११ रन बनाएका थिए |

पिसिएका सुबास भन्डारी प्लेयर अफ द म्याच घोसित भएका थिए |

दोश्रो खेलमा आयोजक फेवा क्रिकेट क्लबले फरेस्ट्री क्याम्पसलाइ ३८ रनले पराजित गरेको छ |

टस जितेर सुरुमा ब्याटिङ गरेको फेवाले १० ओभरमा १०६ रन बनाएको थियो | अनिल गुरुङले १० बलमा २७ रन, राजकुमारले ११ बलमा ३२ रन, हरि न्यौपानेले १८ रन बनाएका थिए |

लक्ष पछ्याएको फरेस्ट्री १० ओभरमा ४ विकेट गुमाउँदै ६५ रनमा सिमित भएपछी ३८ रनको हार बेहर्यो | बिबेक बेल्बासेले १३, सचिन तिमिल्सिनाले २८ रन बनाएका थिए |

फेवाका लागि हरि न्यौपानेले २, आयुस गुरुङले १ विकेट लिएका थिए |

फेवाका राज कुमार आचार्य प्लेयर अफ द म्याच घोसित भएका थिए |

मङलबार क्यानबिस क्रिकेट क्लब र मियापाटन क्रिकेट क्लब, सुभतारा युवा क्लब र रक इलाभेन, स्याङ्जा बिच खेल हुनेछ |

कुल १६ टिमहरु सहभागी प्रतियोगिताको बिजेताले नगद रु ७७,७७७ र उपबिजेताले रु ४४,४४४ प्राप्त गर्नेछन |