Cricket Himalaya
Cricket News From Top of The World

एमसिसि बिरुद्ध नेपाल ११३ रनले पराजित

कार्तिक २३, क्रिकेट हिमालय

नेपाल भ्रमणमा रहेको इङल्यान्डको प्रतिस्ठित क्लब ‘मेरिलिबोन क्रिकेट क्लब (MCC)’ ले चौथो खेल (टि२०) मा नेपाली रास्ट्रीय क्रिकेट टिमलाई ११३ रनले पराजित गरेको छ |

एमसिसिले टस जितेर सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको थियो | निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन बनाएको थियो | ह्याम्मोडले २९, वेस्टले ११, एडम्स ५, विल रोडस २, गोडलम्यान ५४ रन, विल भान्डर्सपर्स ४ बनाएका थिएभने एड योउङ ४२, थम्पसनले १५* रन बनाएका थिए |

नेपालका लागि कमल सिंह ऎरिले १, रसिद खानले ३, जितेन्द्र मुखिया १, सुशन भारी १, अबिनास बोहरा १ विकेट लिएका थिए |

लक्ष पक्छ्याएको नेपाल १३.१ ओभरमा अल आउट हुँदै ७६ रनमा समेटिएपछी १२४ रनले पराजित रह्यो | नेपालका लागि रसिद खान १८, १३, कमल ऎरि ०, सन्दिप जोरा १६, रोहित पौडेल ६, भिम सार्की, कमल सिंह एरि ० रन बनाएका थिए |

भ्रमणको पहिलो खेलमा नेपाल यु१९ एलाई ३८ रनले पराजित गरेको एमसिसिले दोश्रो खेलमा भने नेपाल सिनियर सङ्ग ५ विकेटले पराजित भएको थियो | त्यसैगरी, प्रथम श्रेणी खेल अन्तर्गत नेपाल रास्ट्रीय क्रिकेट टिमलाइ २०८ रनले पराजित गरेको थियो |

प्लेयिङ ११

रोहित पौडेल (कप्तान), कमल सिंह ऎरि, रासिद खान, सुशान भारी, भिम सार्की, कुसल मल्ल, सन्दिप जोरा, अबिनास बोहरा, अमित श्रेष्ठ, जितेन्द्र मुखिया, आसिस सेख

तालिका

कार्तिक २३ : एमसिसि र नेपाल सिनियर, टि२०, टियु मैदान

कार्तिक २५ : एमसिसि र पोखरा ११, टि२०, पोखरा रंगशाला

कार्तिक २६ : एमसिसि र मुख्यमन्त्री ११, टि२०, पोखरा रंगशाला