Cricket Himalaya
Cricket News From Top of The World

नितिगत/प्रसासनिक निर्णय गर्दै प्रदेस न ३ प्रादेशिक क्रिकेट संघको बैठक सम्पन्न

कार्तिक २२, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (CAN) अन्तर्गतको ‘प्रदेस न ३ प्रादेसिक क्रिकेट संघ’ को बैठक आज हेटौडामा सम्पन्न भएको छ |

प्रदेस न ३ प्रादेसिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेतको अध्यक्षतामा हेटौंडामा आज सम्पन्न बैठकले केही दीर्घकालीन महत्वका निर्णयहरु गरेको छ, मुख्यतया प्रादेसिक क्रिकेट संघको प्रसासनिक र प्राबिधिक सम्रचना निर्माणमा बैठक केन्द्रित रहेको जनाइएको छ |

केही निर्णयहरु

१. गौतम बुद्ध अन्तर राष्ट्रिय क्रीकेट रङ्शालालाई अावस्यक सहयोग र समन्बय गर्ने निर्णय गरेको छ |
२. प्रदेश सचिब दुर्गा पाठकलाई प्रबक्ता नियुक्त गर्ने निर्णय गरेको छ |
३. प्रदेश अध्यक्ष राजु बस्नेतलाई छनोट समितीको सयोजक नियुक्त गरिएको छ |
४. प्रदेस कोसाध्यक्ष अनिल अधिकारिलाई आर्थिक समितीको सयोजक नियुक्त भएका छन |
५. प्रदेश ३ को कार्यालय काठमाडौं रहने छ |
६. प्रदेश क्रीकेट एकेडमी उपर्युक्त स्थान चयन गर्दै निर्माण गरिने निर्णय गरेको छ |

७. प्राबिधिक एवम प्रतियोगिता समितिको सम्योजकमा अजयबिर पान्डे चयन भएका छन |

८. सल्लाहकार समितिमा बिनयराज पान्डे र अरुण अर्याल चयन भएका छ्न |

बैठक भन्दा अगाडि प्रदेश ३ कमिटीले प्रदेश सामाजिक बिकास मन्त्री युवराज दुलाल र प्रदेश खेल्कुद सदस्य सचिब सुर्य भण्डारी सँग पनि छलफल गरेको थियो |

प्रदेस न ३ समिती

अध्यक्ष :राजु बस्नेत, उपाध्यक्ष : प्रेम बहादुर छेत्री, सचिब : दुर्गाराज पाठक, कोसाध्यक्ष : अनिल अधिकारी

सदस्यहरु : महेश्वरी डङोल, प्रज्वल सापकोटा, सुदिप पिया, रुपक रन्जित, सुजन महर्जन, अजयबिर पान्डे, अनुजमान श्रेष्ठ, राजु गुप्ता, उमेस पिया

प्रदेस न ३ अन्तर्गत नेपाल क्रिकेट संघका काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुर र चितवन गरि कुल ६ जिल्लाहरु रहेका छन |