Cricket Himalaya
Cricket News From Top of The World

निष्ट कलेज एलपिएल – ४ : लिटल फ्लावर सेमिफाईनलमा प्रवेश

धनगढी, कार्तिक २२

लिटल फ्लावर स्कुल धनगढी जारीमा निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको सेमिफाईनलमा पुगेको छ ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा संघीय प्रहरी ईकाई कार्यालयको खेल मैदानमा शुक्रवार भएको पहिलो क्वाटरफाईनलमा भक्तपुर निष्ट स्कुललाई २ विकेटले हराउँदै लिटल फ्लावर अन्तिम चारमा पुगेको हो ।

भक्तपुर निष्ट स्कुलले दिएको एक सय ४ रनको लक्ष्य लिटल फ्लावरले ८ विकेट क्षतिमा निर्धारित ओभर सकिन ३ बल पहिले नै पुरा गर्यो । अन्तिम ओभरमा जितका लागि ७ रन चाहिएको अवस्थामा लिटल फ्लावरका किशोर सिंहले दुई चौका प्रहार गर्दै आफ्नो टिमलाई सेमिफाईनल पुराए । लिटिल फ्लावरका लागि सुवोध ऐरले २८ रन आयुव चन्दलाई १९ रन तथा विपिन रावल र महेश अधिकारीले समान १३ रन बनाए ।

भक्तपुर निष्टका लागि सोहन यादवले ४ तथा डब्लु मलिक दिपेन्द्र ऐरी र धनन्जय शाहले एक एक विकेट लिए पनि आफ्नोे टीमलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले व्याटिंग गरेको भक्तपुर निष्टले १८ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ३ रन बनायो । भक्तपुर निष्ट स्कुलका लागि सोहन यादवले २१ रन धनन्जय शाहले १९ रन दिपेन्द्र ऐरीले १६ रन र सुदीप खड्काले १५ रन बनाए ।

लिटल फ्लावरका लागि दिपक रोकायाले ४ विकेट किशोर सिंह र प्रकाश वडुले तीन तीन विकेट लिए ।

खेलमा ३ विकेट लिदैं आफ्नो टीमलाई जिताएका लिटल फ्लावरका किशोर सिंह म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा जित हात पार्दै एवीसी स्कुल नेपालगंज पनि क्वाटरफाईनल पुगेको छ ।

एवीसी स्कुलले सैनिक आवासिय महाविद्यालयलाई ५ रनले हराउँदै अन्तिम आठमा पुगेको छ । टस जितेर पहिले व्याटिंग गर्दै एवीसी स्कुलले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय ४७ न बनायो । सो पारीमा विराट भण्डारीले ७९ न बनाए । साहरुख खानले ३४ रन बनाए ।

सैनिक आवासियका लागि विशाल केसीले ३ विकेट तथा रोशन चन्द र स्वप्निल केसीले दुई दुई विकेट लिए ।

एक सय ४८ रनको लक्ष्य पछ्याएको सैनिक आवासियले २० ओभरमा ८ विकेट क्षतिमा एक सय ४२ न बनाउन मात्रै बनाउन सक्यो । सो पारीमा कुसल सिंह चैसीरले ५२ रनको अर्धशतकीय पारी खेल्दा सागर चन्दले अजिवित २६ रन बनाए ।

एवीसीका लागि कमल ओली र टंक खड्काले दुई दुई विकेट लिए ।

७९ रन बनाएका एवीसीका विराट भण्डारी म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शनिवार क्वाटरफाईनलक दुई खेल हुनेछन । पहिलो खेलमा नोवेल एकेडेमी रर एवीसी स्कुल तथा दोस्रो खेलमा लिटिल बुद्ध र शारदा मावि प्रतिस्पर्धा गर्ने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन् शाहीले जानकारी दिए |

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।