Cricket Himalaya
Cricket News From Top of The World

एमसिसि भ्रमण : चौथो खेलमा नेपाल बिरुद्ध टि२० खेल्दै

कार्तिक २२, क्रिकेट हिमालय

नेपाल भ्रमणमा रहेको इङल्यान्डको प्रतिस्ठित क्लब ‘मेरिलिबोन क्रिकेट क्लब (MCC)’ ले चौथो खेल कार्तिक २३ गते बिहान ११ बजे नेपाली रास्ट्रीय क्रिकेट टिमसङ्ग टि२० खेल खेल्दैछ |

भ्रमणको पहिलो खेलमा नेपाल यु१९ एलाई ३८ रनले पराजित गरेको एमसिसिले दोश्रो खेलमा भने नेपाल सिनियर सङ्ग ५ विकेटले पराजित भएको थियो | त्यसैगरी, प्रथम श्रेणी खेल अन्तर्गत नेपाल रास्ट्रीय क्रिकेट टिमलाइ २०८ रनले पराजित गरेको थियो |

नेपाल टि२० टिम

ज्ञानेन्द्र मल्ल, आरिफ सेख, अमित श्रेष्ठ, अबिनास बोहरा, बिनोद भन्डारी, दिपेन्द्र ऎरि, करण केसि, कुसल भुर्तेल, ललित नारायण राजबन्शी, नन्दन यादब, पवन सर्‍आफ, सन्दिप जोरा, सन्दिप लामिछाने, सोमपाल कामी, सुसन भारी

बाकी तालिका

कार्तिक २३ : एमसिसि र नेपाल सिनियर, टि२०, टियु मैदान

कार्तिक २५ : एमसिसि र पोखरा ११, टि२०, पोखरा रंगशाला

कार्तिक २६ : एमसिसि र मुख्यमन्त्री ११, टि२०, पोखरा रंगशाला