Cricket Himalaya
Cricket News From Top of The World

एलपिएल-४ : हिमालय वाईट हाउस र नोवेल एकेडेमी समुह विजेता

धनगढी, कार्तिक २१

हिमालय वाईट हाउस काठमाण्डौ र नोवेल एकेडेमी कञ्चनपुर धनगढी जारीमा निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणमा आफ्नो समुहको विजेता बनेका छन् ।

यसअघि नै क्वाटरफाईनल पुगिसकेका दुवै टोली आफ्नो समुहका दुवै खेल जित्दै समुह विजेता बनेका हुन् ।

क्वाटरफाईनल पुग्ने ७ टोली पक्का भईसकेको अवस्थामा शुक्रवार हुने अन्तिम खेलको नतिजाले आठौं टीमको टुंगो लगाउनेछ ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा विहीवार भएको पहिलो खेलमा हिमालयनले वाईट हाउसले एवीसी स्कुल नेपालगंजलाई २० रनले हराएर समुह डी को विजेता बनेको छ । यसअघि वाईट हाउसले सैनिक आवसिय महाविद्यालयलाई १० विकेटले हराएको थियो ।

समुह डी मा शुक्रवार हुने एवीसी स्कुल सैनिक आवसिय बीचको लिग चरणको अन्तिम खेलमा जित हात पार्ने टोली अन्तिम आठमा पुग्नेछ ।

टस जितेर पहिले व्याटिंग गर्दै हिमालयन वाईट हाउसले २० ओभरमा सवै विकेट गुमाउँदै एक सय २५ रनको योगफल बनायो । वाईट हाउसको पारीमा नारायण जोशीले ३८ रन राम सुरत यादवले २१ रन र विवेक वुढाथोकीले १७ रन बनाए । २६ रनमा ५ विकेट गुमाएर धर्मराएको पारीलाई उकास्ने क्रमा छैठौं विकेटका लागि नारायण र विवेकले ५७ रनको साझेदारी समेत गरेका थिए ।

एवीसी स्कुलका लागि तुलाराम थापा र सुनिल चौहानले दुई दुई विकेट लिए ।

एक सय २६ रनको विजय लक्ष्य पछ्याएको एवीसी स्कुल १९ दशमलव १ ओभरमा अलआउट हुँदै एक सय ५ नमा समेटियो । विराट भण्डारीले ३७ रन र मोहमद ईमरान हस्लाओले २५ रन बनाए ।

वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । उनले पहिलो खेलमा पनि ५ विकेट लिएका थिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको शिर्षस्थानमा रहेका छन् ।

विहीवारको पहिलो खेलमा पनि आरियो पौडेल नै म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको दोस्रो खेलमा शारदा माविलाई ४२ रनले हराउँदै नोवेल एकेडेमी समुह सी को विजेता बनेको छ ।

पहिले व्याटिंग गर्दै नोवेलले २० ओभरमा ३ विकेट क्षतिमा एक सय ६२ रन बनायो । सो पारीमा किरन ठगुन्नाले ६० रनको अजिवित अर्धशतकीय पारी खेले । ४१ ब्लको सामना गरेका उनले ५ छक्का र ३ चौका प्रहार गरे । यस्तै गणेश विटालुले अजिवित ४६ रन बनाए ।

शारदाका लागि सोनु अन्सारीले २ विकेट लिए ।

एक सय ६३ रनको लक्ष्य पछ्याएको शारदाले २० ओभरमा ९ विकेट क्षतिमा एक सय २० रन मात्रै बनाउन सक्यो । सो पारीमा सोनु अन्सारीले २६ रन र लक्ष्मण कठायतले १८ रन बनाए ।

नोवेलका लागि महेश विष्ट र अनिल थापाले दुई दुई विकेट लिए ।

अविजित ६० रन बनाएका नोवेलका किरण ठगुन्ना म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

संस्कार क्रिकेट एकेडेमीको आयोजनामा भईरहेको प्रतियोगिताको लिग चरणको एक खेल वाँकी रहँदा क्वाटरफाईनल पुग्ने सात टोलीको टुंगो लागेको छ ।

समुह ए बाट लिटर फ्लावर विजेता र लिटिल वुद्ध उपविजेता भएर क्वाटरफाईनल पुग्दा समुह बी बाट शारदा विद्या निकेतन विजेता र भक्तपुर निष्ट स्कुल उपविजेता भएर अन्तिम आठमा पुगेका छन् ।

समुह सी मा नोवेल एकेडेमी विजेता शारदा मावि उपविजेता तथा समुह डी मा हिमालय वाईट हाउस विजेता बनेर क्वाटरफाईनल पुगेका छन् ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा शुक्रबार दुई खेल हुनेछन । लिग चरणको अन्तिम खेलमा एवीसी स्कुल नेपालगंज र सैनिक आवासिय महाविद्यालयले प्रतिस्पर्धा गर्नेछन् ।

शुक्रवारदेखि नै क्वाटरफाईनलका खेल पनि सुरु हुनेछन । पहिलो क्वाटरफाईनलमा लिटल फ्लावर र भक्तपुर निष्ट स्कुल प्रतिस्पर्धा गर्नेछन |

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट म्र्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।