Cricket Himalaya
Cricket News From Top of The World

लिटल फ्लावर बिद्ध्यालय स्तरीय प्रीमियर लिग : ९ खेलमा बने ८ अर्धशतक

धनगढी, कार्तिक २०

धनगढीमा जारी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको लिग चरणका ९ खेलमा ८ अर्धशतक बनेका छन् |

पाँच दिनमा भएका लिग चरणका ८ खेलमा ५ विद्यालयका ८ जना खेलाडीले अर्धशतक बनाएका हुन् ।

नोवेल एकेडेमी कञ्चनपुरका रमेश भट्टले सर्वाधिक ९४ रन बनाएका छन् । शारदा विद्या निकेतनका राजन सिंहले ६१ रन बनाउँदा लिटल फ्लावरका विपिन रावलले ५९ रनको पारी खेलेका छन् ।

शारदा विद्या निकेतका अर्जुन सावद, लिटल फ्लावरका सुवोध ऐर र नोवेल एकेडेमीका गणेश विटालुले समान ५२ रनको पारी खेलेका छन् ।

त्यसैगरी सरस्वती नमुना माविका सन्तोष चन्द र हिमालय वाईट हाउसका दिपक वोहोराले पनि समान ५१ रनको अर्धशतकीय पारी खेलेका छन् ।

लिग चरणका तीन खेल वाँकी रहेका छन् भने नकआउट चरणका ७ खेल बाँकी रहेका छन |