Cricket Himalaya
Cricket News From Top of The World

एलपिएल-४ : हिमालय वाईट, नोवेल र शारदा मावि क्वाटरफाईनलमा प्रवेश

धनगढी, कार्तिक २०

हिमालय वाईट हाउस काठमाण्डौ, नोवेल एकेडेमी कञ्चनपुर र शारदा मावि धनगढी निष्ट कलेज लिटल लावर प्रिमियर लिगको चौथो सस्ंकरणको क्वाटरफाईनलमा प्रवेश गरेका छन |

संघीय प्रहरी कार्यालयको खेल मैदानमा वुधवार भएका दोस्रो खेलले अन्तिम आठ पुग्ने तीन टीमको टुङगो लगाएको हो ।

समुह डी अन्तर्गत भएको दोस्रो खेलमा हिमालय वाईट हाउस काठमाण्डौंले सानदार जित हात पारेको छ । हिमालय वाईट हाउसले सैनिक आवासिय महाविद्यालय तेघरीमाथि १० विकेटको सानदार जित दर्ता गरेको हो ।

सैनिक आवासियले दिएको ७६ रनको विजय लक्ष्य वाईट हाउसले ५ दशमलव ४ ओभरमा पुरा गर्यो । वाईट हाउसका लागि दिपक वोहोराले अविजित अर्धशतकीय पारी खेले । २१ बलको सामना गरेका उनले ४ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै सुदीप वस्नेतले अविजित १५ रन बनाए ।

यसअघि टस जितेर पहिले व्याटिंग गरेको सैनिकले १७ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै ७५ रनको योगफल बनाएको थियो । सो पारीमा विवेक विष्टले २५ रन स्वप्निल केसीले १७ र अभिनास चन्दले ११ ररन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् ।

वाईट हाउसका लागि आरियो पौडेलले ५ विकेट लिए । यस्तै समीर तिमिल्सेनाले ३ विकेट लिए ।

५ विकेट लिएका वाईट हाउसका आरियो पौडेल म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

संघीय प्रहरी कार्यालयको खेल मैदानमा भएको पहिलो खेलको नतिजाले समुह सी बाट क्वाटरफाईनल पुग्ने दुई टीमको टुंगो लगाएको छ । सत्यवती एकेडेमी लगातार दुई खेलमा पराजित भएपछि समुह सी बाट नोवेल एकेडेमी र शारदा मावि अन्तिम आठमा पुगेका छन् । यसघि सत्यवती शारदा माविसँग पाजित भएको थियोे । समुह सी मा नोवेल र शारदा समुह विजेता र उपविजेताका लागि खेल्नेछन् ।

वुधवारको पहिलो खेलमा सत्यवती नोवेल एकेडेमीसँग ९१ रनले पराजित भएको हो । टस हारेर पहिले व्याटिंग गरेको नोवेल एकेडेमीले २० ओभरमा ९ विकेट क्षतिमा एक सय ५९ रन बनायो । नोवेलका लागि गणेश विटालुले ५२ रनको अर्धशतकीय पारी खेले । २६ वलको सामना गरेका उनले ३ छक्का र ६ चौका प्रहार गरे । त्यस्तै अनिल थापाले २६ रन बनाए । सत्यवतीका लागि निरज भट्टले ३ र योगेश भाटले २ विकेट लिए । एक सय ६० रनको विजय लक्ष्य पछ्याएको सत्यवती १८ दशमलव १ ओभरमा सवै विकेट गुमाउँदै ६८ नमा समेटियो । सत्यवतीका लागि योगेश भाटले ३३ रन बनाउनु वाहेक अन्य व्याट्सम्यानले दोहोरो रन अंक छुन सकेनन् |

नोवेलका लागि विकास सुनार र गणेश विटालुले समान ३ विकेट लिए ।

३ विकेट लिदैं ५२ रन बनाएका नोवेलका गणेश विटालु म्यान अफ द म्याच भए । उनले नगद एक हजार पाँच सय सहित ट्रफी पाए ।

कार्तिक २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विहीवार दुई खेल हुनेछन । पहिलो खेलमा हिमालय वाईट हाउस र एवीसी स्कुल नेपालगंज तथा दोस्रो खेलमा नोवेल एकेडेमी र शारदा मावि बीच प्रतिस्पर्धा हुने आयोजक संस्कार क्रिकेट एकेडेमीका अध्यक्ष रामचन् शाहीले जानकारी दिए |

देशभरका १२ विद्यालयको सहभागिता रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ, उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डरले नगद पाँच÷पाँच हजार रुपैयाँ र हरेक खेलका म्यान अफ द म्याचले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

लिग कम नकआउट फर्म्याटमा हुने प्रतियोगितामा सहभागी हरेक विद्यालयको टिममा सोही विद्यालयको कक्षा १० सम्म अध्ययनरत १० जना खेलाडी र चार जना १९ वर्षमुनिका नेपाली क्रिकेट खेलाडी समावेश छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने कक्षा १० सम्म अध्ययनरत खेलाडीहरूमध्ये उत्कृष्ट छनोट गरेर एक दिवसीय प्रतियोगिता सञ्चालन गर्ने पनि आयोजक संस्कार क्रिकेट एकेडेमीले जनाएको छ ।