Cricket Himalaya
Cricket News From Top of The World

कलैया क्रिकेट क्लब ‘चिउटाह प्रीमियर लिग, बारा’ को सेमिफाइनल प्रबेस

कार्तिक १७, क्रिकेट हिमालय

बारा स्थित आदर्स युवा क्लब, चिउटाहको आयोजनामा सन्चालित प्रतियोगिता अन्तर्गत ‘चिउटाह प्रीमियर लिग (CPL)’ अन्तर्गत कलैया क्रिकेट क्लब (केसिसी) ले आदर्स युवा क्लब, चिउटाहलाइ ६ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल प्रबेस गरेको छ |

टस जितेर सुरुमा ब्याटिङ गरेको चिउटाहले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो |

केसिसिका लागि समीर नेपालले ४, भुलावन साहनिले २ विकेट लिएका थिए |

लक्ष पछ्याएको केसिसिले ४ विकेट गुमाउँदै ९५ रन बनाएपछी सहज ६ विकेटको जित हात पार्यो | उसका लागि रवि साहले ३०, ओमप्रकास साहले १९, सुदिप चौधरीले ९* रन बनाएका थिए |

केसिसिका समीर नेपाल प्लेयर अफ द म्याच घोसित भएका थिए |