Cricket Himalaya
Cricket News From Top of The World

तेस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिगको ट्रफी र मिति सार्वजनिक

१५ कार्तिक, क्रीकेट हिमालय

तेस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिग (एपिएल) क्रीकेट प्रतियोगिताको मिति सार्वजनिक भएको छ। अर्घाखाँची क्रीकेट संघले आयोजना गर्न लागेको प्रतियोगिता कार्तिक १८ गते सोमबार देखि २४ गते आइतबारसम्म हुने भएको छ।
आज सन्धिखर्कमा एक कार्यक्रम (प्रेस मिट) गर्दै प्रतियोगिताको ट्रफी, मिति, खेलतालिका, पुरस्कार राशि सार्वजनिक गरिएको छ।

ट्रफिप्रतियोगितामा रोयल सन्धिखर्क, नमस्ते अर्घाखाँची स्टार, एम्स स्टार र सुपर सुपा च्यालेन्जर्स गरि ४ टिम सहभागी हुनेछन्। प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमले कार्तिक १३ गते अक्सन मार्फत आफ्नो टिमको लागि खेलाडी लिइसकेका छन्। प्रत्येक टिममा १ मार्की प्लेयर, १ स्थानीय ट्यालेन्ट हन्ट प्लेयर, ४ यु१६ प्लेयर र ९ सिनियर प्लेयर गरि जम्मा १५ खेलाडी समावेश गरिएको छ।

रोयल सन्धिखर्क टिमनमस्ते अर्घाखाँची स्टार टिम एम्स स्टार टिमसुपर सुपा च्यालेनजर्स टिम७ दिनसम्म चल्ने प्रतियोगितामा जम्मा १३ खेल हुनेछन्। प्रतियोगितामा सहभागी प्रत्येक टिमले डवल राउन्ड रोबिन लिगको आधारमा ६ खेल खेल्नेछन् र शिर्ष २ टिमले फाइनल खेल्नेछन्। प्रतियोगिताका सबै खेल सन्धिखर्कमा रहेको टुडिखेल मैदानमा हुनेछन्।
खेल तालिकाप्रतियोगिताको विजेता टिमले नगद रु. १,०५,०००/- सहित ट्रफी, मेडल, प्रमाणपत्र, उप विजेता टिमले नगद रु. ५५,०००/- सहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याटम्यान, उत्कृष्ट विकेटकिपर, उत्कृष्ट फिल्डर, इमेर्जिङ प्लेयर, प्रत्येक खेलको उत्कृष्ट खेलाडी लगायत विधाहरुमा पुरस्कार राशि रहेको छ।
अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा संचालित अर्घाखाँची क्रीकेट एकेडेमीले बि.स २०७४ बाट सुरु गरेको अर्घाखाँची जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको अर्घाखाँची प्रीमियर लिग क्रीकेट प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा ४ टिम रहेका थिए। प्रतियोगिताको पहिलो संस्करणको उपाधी त्रिभुज कार्किको कप्तानिमा रहेको सुपर सुपा एघारले र दोस्रो संस्करणको उपाधी जगत क्षेत्री (सन्जु) को कप्तानिमा रहेको रोयल सन्धिखर्कले हात पारेका थिए।