Cricket Himalaya
Cricket News From Top of The World

तेस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिगको अक्सन सम्पन्न

१४ कार्तिक, क्रीकेट हिमालय
तेस्रो संस्करणको अर्घाखाँची प्रीमियर लिग (एपिएल) क्रीकेट प्रतियोगिताको लागि अक्सन सम्प्पन्न भएको  छ। अक्सनमा सहभागी जम्मा ९० खेलाडीबाट प्रतियोगितामा समाबेश हुने ४ टिमले समान १३/१३ खेलाडी लिएका छन्। त्यस्तै मार्की प्लेयर र स्थानीय ट्यालेन्ट हन्टबाट १/१ खेलाडी गरि प्रत्येक टिममा १५/१५ जना खेलाडी समावेश छन्। अक्सनमा प्रत्येक टिमले न्युनतम ४ जना खेलाडी यु१६ समुहबाट अनिवार्य लिनुपर्ने थियो।

प्रतियोगितामा नमस्ते अर्घाखाँची स्टार, रोयल सन्धिखर्क, सुपर सुपा च्यालेनजर्स र एम्स स्टार गरि ४ टिम सहभागी छन।

रोयल सन्धिखर्क टिम

नमस्ते अर्घाखाँची स्टार टिम 

एम्स स्टार टिम

सुपर सुपा च्यालेनजर्स टिम

प्रतियोगिताको मिति, खेल तालिका लगायत बाकी जानकारी केही दिनमा सार्वजनिक हुनेछ।

यस अगाडि अर्घाखाँची क्रीकेट एकेडेमीले आयोजना गरिरहेको प्रतियोगिताको आगामी संस्करण अर्घाखाँची क्रीकेट संगले आयोजना गर्नेछ। डबल राउन्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताका सबै खेल सन्धिखर्कको टुडिखेल मैदानमा हुनेछन्।
पछिल्लो समयमा अर्घाखाँची जिल्लामा क्रीकेट गतिविधि तथा क्रीकेट प्रतिको आकर्षक बढेको छ। अर्घाखाँची जिल्लामा एपिएल सगै विभिन्न स्तरका खुल्ला तथा अन्य प्रतियोगिता हुदै आएका छन्। क्रीकेट प्रतियोगिता तथा आकर्षक बढिरहे पनि जिल्लामा डिउज बल खेल्ने भौतिक संरचना नहुदा जिल्लाको क्रीकेट टेनिस बलमै सिमित बनिरहेको छ।
अर्घाखाँची सामुदायिक विकास क्लबको मातहतमा संचालित अर्घाखाँची क्रीकेट एकेडेमीले बि.स २०७४ बाट सुरु गरेको अर्घाखाँची जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको अर्घाखाँची प्रीमियर लिग क्रीकेट प्रतियोगिताको पहिलो र दोस्रो संस्करणमा ४ टिम रहेका थिए। प्रतियोगिताको पहिलो संस्करणको उपाधी त्रिभुज कार्किको कप्तानिमा रहेको सुपर सुपा एघारले र दोस्रो संस्करणको उपाधी जगत क्षेत्री (सन्जु) को कप्तानिमा रहेको रोयल सन्धिखर्कले हात पारेका थिए।