Cricket Himalaya
Cricket News From Top of The World

एनसिएसएस चितवनद्वारा पुर्ब कप्तान एल बि क्षेत्री सम्मानित

कार्तिक ९, क्रिकेट हिमालय

नेपाल क्रिकेट सपोर्टर्स सोसाइटी चितवन (NCSS Chitwan) ले पुर्ब कप्तान लेख बहादुर (एलबि) छेत्रीलाई चितवनमा सम्पन्न एक कार्यक्रम बिच सम्मान गरेको छ |

NCSS चितवनका सम्योजक दिनेश नाइसा र नेपाल खेलकुद पत्रकार मञ्च चितवनका अध्यक्ष विनोदबाबु रिजालले उनलाई खादा र सम्मानपत्र प्रदान गरेका थिए |

एनसिएसएस चितवन सम्योजक दिनेस नाइसा

‘स्वतन्त्र समिति सदस्यको रुपमा निलम्बन फुकुवाका लागि गरेको योगदानको कदर गर्दै उनलाई सम्मान गरिएको हो’

एनसिएसएस सन्स्थापक सदस्य सन्जय प्रशन्न धरेल

‘चितवनमा ल्याएर सम्मान गर्न पाउँदा सिंगो नेपाली क्रिकेटलाई सम्मान गरेको जस्तै महसुस भएको छ’

पुर्ब कप्तान एलबि क्षेत्री

‘आफू सधैं नेपाली क्रिकेटको प्रगतिको पक्षमा रहेको भन्दै स्वतन्त्र र निष्पक्ष काम गर्दा पाएको सम्मानले गर्व महसुस भएको छ | क्यानको नयाँ कार्यसमिति समितिप्रति आशाबादी रहेको छु’

कार्यक्रममा क्षेत्रीले उनको गतबर्ष प्रकाशित आत्मकथा ‘कप्तान १९९८’ एनसिएसएस चितवन सम्योजक नाइसालाई हस्तान्तरण गरेका थिए |