Cricket Himalaya
Cricket News From Top of The World

‘प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघ’ को बैठक सम्पन्न, सम्रचना निर्माणमा केन्द्रित

कार्तिक ८, क्रिकेट हिमालय

नेपाल क्रिकेट संघ (CAN) अन्तर्गतको ‘प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघ’ को बैठक आज रुपन्देहीमा सम्पन्न भएको छ |

प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघका अध्यक्ष दुर्गा बहादुर थापाको अध्यक्षतामा सिद्धार्थ रंगशाला भैरहवामा आज सम्पन्न बैठकले केही दीर्घकालीन महत्वका निर्णयहरु गरेको छ, मुख्यतया प्रादेसिक क्रिकेट संघको प्रसासनिक र प्राबिधिक सम्रचना निर्माणमा बैठक केन्द्रित रहेको जनाइएको छ |

बैठकले प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघको गतिविधि चुस्त रुपमा अघि बढाउन अध्यक्ष दुर्गा बहादुर थापाको सम्योजकतामा कृश्न प्रसाद श्रेष्ठ, सन्जय गुरुङ्ग, राजेस श्रेष्ठ, किसोर चन्द्र गौतम रहनेगरि ‘सचिबालय’ निर्माण गरेको छ |

त्यसैगरी, बैठकले राजेस श्रेष्ठको सम्योजकतामा बिनय ज्ञवाली, कैलास रोक्कामगर, श्रीधर केसि, बिनय राजभण्डारी, पदम श्रेष्ठ रहनेगरी आर्थिक समिती निर्माण गरेको जनाइएको छ |

सन्जय गुरुङको सम्योजकत्वमा ‘बिकास समिति’ निर्माण गरिएको छ भने उक्त समिती मातहत अन्य उप-समितिहरु भौतिक उपसमिति जसमा दिपेन्द्र थापा, किसोर घर्तिमगर, सन्जु क्षेत्री, बिनय ज्ञवाली रहेका छन, प्राबिधिक उपसमिति जसमा सत्यजित सरकार, मनमोहन लम्साल, समीर खान रहेका छन भने क्रिकेट सम्रचना उपसमितिमा सिनियर तर्फ जङ्ग बहादुर थापा, दिपेन्द्र प्रताप सिंह, उमेर समूह तर्फ वसन्त साही र शन्कर राना, स्कुल क्रिकेट तर्फ शक्ति गौचन, राहुल बिक र सन्जु क्षेत्री, महिला क्रिकेट तर्फ माया ज्ञवाली, जमिल अन्सारी र देबेन्द्र सिंह ठकुरी सदस्य रहेका छन |

त्यसैगरी कृश्न प्रसाद श्रेष्ठको सम्योजकत्वमा बिनय राजभण्डारी र सन्जय गुरुङ्ग सदस्य रहनेगरि अनुसासन समिति निर्माण गरिएको जनाइएको छ |

प्रदेस न ५/६ भित्रका सम्पुर्ण जिल्ला समितिहरुले बार्शिक रुपमा नेपाल क्रिकेट संघ र प्रादेसिक क्रिकेट संघका अन्य कार्यक्रम बाहेक अनिबार्य रुपमा कम्तिमा १/१ वटा स्कुल र क्लब क्रिकेट प्रतियोगिता सन्चालन गर्नुपर्ने निर्णय गरेको जनाइएको छ |

प्रदेस न ५/६ प्रादेसिक क्रिकेट संघमा दुर्गा बहादुर थापा अध्यक्ष, कृश्न प्रसाद श्रेष्ठ उपाध्यक्ष, सन्जय गुरुङ्ग सचिब, राजेस श्रेष्ठ कोसाध्यक्ष र माया ज्ञवाली, कैलास रोक्कामगर, बिनय राजभन्डारी, श्रीधर केसि, कृश्न प्रसाद बस्याल, बिनय ज्ञवाली, पदम राज श्रेष्ठ, किसोर चन्द्र गौतम, सन्जय राज सिंह सदस्य रहेका छन |