Cricket Himalaya
Cricket News From Top of The World

पारस खडका टिटेन (T10) लिगमा आवद्ध, टिम आबुधाबिबाट खेल्ने

कार्तिक ८, क्रिकेट हिमालय

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी ‘पारस खड्का’ ले नोभेम्बर १५-२४ सम्म युएईमा आयोजना हुने टि टेन (T10) लिग खेल्ने भएका छन |

पारस खडका टिटेन लिग टिम ‘अबुधाबी’ मा १० हजार डलरमा अनुबन्धित भएका हुन |

टिटेन लिगमा टिम आबुधाबी (मोइन अलि आइकन), मराठा अरेबियन्स (क्रीस लेन आइकन), बाङ्गला टाइगर्स (थिसारा परेरा आइकन), डेक्कन ग्लाडियटर्स (सेन वाटसन आइकन), कलनदर्स (साहिद अफ़्रिदि आइकन), दिल्ली बुल्स (इयोन मोर्गन आइकन), नर्थन वारियर्स (ड्यारेन सामी आइकन) र कर्णाटका टस्कर्स (हसिम अमला) गरि ८ टिम रहेका छन |

टिम आबुधाबी

सन्दीप लामिछाने येसअघि नै हसिम अमला आइकन रहेको ‘कर्नाटक टस्कर्स’ मा ४५ हजार डलरमा अनुबन्धित भै ‘टि टेन लिग’ खेल्ने निस्चित गरिसकेका थिए |