Cricket Himalaya
Cricket News From Top of The World

अन्कित सुबेदिको सतक | त्रीबेणी इलाम प्रीमियर लिगको फाइनल प्रबेस

कार्तिक ६, क्रिकेट हिमालय

त्रिवेणी युथ क्लब, देउमाई नगरपालिका इलाम सदरमुकाममा भइरहेको चौंथो इलाम प्रिमियर लिग (IPL) को फाइनलमा प्रवेश गरेको छ भने अन्कित सुबेसिको सतकमा न्युस्टार तिल्केनिले सुर्योदयलाइ पराजित गरेको छ |

पहिलो खेल

इलाम क्रीकेट युथ एकेडेमी फर युथ (आइसिएवाई) लाई १८ रन अन्तरले पराजित गर्दै त्रिवेणी युथ क्लब फाइनलमा प्रवेश गरेको हो |

टस जितेर पहिलो ब्याटिङ गरेको त्रिवेणी युथ क्लबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय २४ रनको मध्यम योगफल तयार पारेको थियो । अजय राजवंशीले ३० बलमा ३६ रन, कुसल प्रधान र सोजित श्रेष्ठले १६/१६ तथा प्रज्वल प्रधानले १५ रनको योगदान गरेका थिए |

आइसिएवाईको लागि सुदिप तामाङले ३, बिपिन महतो र साहिल घिसिङले २/२ तथा अभ्यास तिम्सिना र माधव लुइँटेलले १/१ विकेट लिएका थिए |

लक्ष्य पछ्याएको आइसिएवाईले १९.३ ओभरमा सबै विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो । पुजन खड्काले ४८ बलमा अविजित ४३ रन, बिबेक बुढाथोकीले १८ रन बनाएका थिए |

त्रिवेणी युथ क्लबको लागि अमिर बुढाथोकीले ३/३ ओभर बलिङ गर्दै २७ रन खर्चेर चार विकेट झारेका थिए भने अजय राजवंशी र मुकुन्द यादवले २/२ तथा प्रतीक श्रेष्ठले १ विकेट लिएका थिए |

खेलको म्यान अफ द म्याच त्रिवेणी युथ क्लबको तर्फबाट उत्कृष्ट बलिङ गरेका अमिर बुढाथोकी भए ।

दोश्रो खेल

१३ छक्का र १२ चौकाको सहयोगमा अंकित सुवेदीले ६० बलमा १३९* रन बनाएपछि न्युस्टार तिल्केनीले सुर्योदय क्रीकेट टिमलाई एक सय १६ रनको फराकिलो अन्तरले पराजित गर्यो ।

अंकितले बनाएको शतक प्रतियोगिताको पहिलो शतक हो ।

टस जितेर पहिलो ब्याटिङ गरेको न्युस्टारले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१८ रनको विशाल योगफल बनाएको थियो । न्युस्टारको लागि निदेन श्रेष्ठले ३६ रनको योगदान गरेका थिए |

सुर्योदयको लागि हेमन राई र प्रदिप मिश्रले दुईरदुई तथा गोविन्द कट्टेल, इशान राई र उज्वल काफ्लेले १/१ विकेट लिएका थिए |

विशाल लक्ष्य पछ्याएको सुर्योदय नगरपालिकाको क्रीकेट टिम १६.१ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो । सुर्योदयको लागि अनिश मैनालीले २० र मनोज आचार्यले अविजित १० रन बनाउनु बाहेक कुनै ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।

न्युस्टारको लागि प्रवेश कामतीले ४ ओभर बलिङ गर्दै ५ रन खर्चिएर सर्वाधिक ४ विकेट लिए । यस्तै सुनिल मगरले २ तथा सुजन श्रेष्ठ, सगुन खत्री, अंकित सुवेदी र अबिनाश पौडेलले १/१ विकेट लिएका थिए |

खेलको म्यान अफ द म्याच सुवेदी घोषित भएका थिए |

जिल्ला क्रीकेट संघ इलामको आयोजनामा कार्तिक २ गतेदेखि इलाम सदरमुकामस्थित टुडिखेलमा भइरहेको आइपिएलको फाइनल खेल आगामी ९ गते काग तिहारको दिन हुनेछ ।

प्रतियोगिताको विजेता टिमले १ लाख नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५० हजार पाउनेछ । यसैगरी प्रतियोगिताको म्यान अफ द सिरिजले ७ हजार तथा सर्वाधिक रन बनाउने र सर्वाधिक विकेट लिने खेलाडीलाई ५/५ हजार नगद प्रदान गरिने छ |