Cricket Himalaya
Cricket News From Top of The World

मणिग्राम किङ्स फाइनल प्रबेश सङै टिपिएलको उपाधीको लागि रेन्बो ज्ञानोदय गोल्ड्स सङ भिड्ने

क्रीकेट हिमालय, रुपन्देही कार्तिक ६

तिलोत्तमा प्रीमिएर लिगको उपाधिको लागि रेन्बो ज्ञानोदय गोल्ड्स र मणिग्राम किङ्स भिड्ने पक्का भएको छ । आज भएको दोस्रो सेमिफाइनल खेलमा बुट्बल युनाइटेड क्रीकेट क्लब विरुद्ध ११ रनले बिजयी हुँदै मणिग्राम किङ्सको ज्ञानोदय गोल्ड्स सङ फाइनल भिडन्त पक्का भएको हो ।
दोस्रो सेमिफाइनल खेलमा पहिला ब्याटिङ गरेको मणिग्राम किङ ले २० ओभरमा ६ विकेट गुमाउदै १४२ रन बनाएको थियो । मणिग्रामको लागि रोहन केसिले ४२ सन्दिप रजालिले ३९ तथा प्रज्वल थापाले १७ रनको योगदान दिए । बुटवल युनाइटेड क्रीकेट क्लबको लागि राहुल प्रजापतिले ३ तथा अमीत तामाङ ले २ विकेट लिए ।
१४३ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको बुटवल युनाइटेड क्रीकेट क्लब १९.२ ओभरमा सबै विकेट गुमाउदै १३१ रनमा समेटिएको थियो । बुटवल युनाइटेड क्रीकेट क्लबको लागि मिर्नाल गुरुङ्ले २४ , सुसान भारिले २३ , कुसल मल्ल २२ तथा भिम सार्किले २१ रनको योगदान दिए। मणिग्राम किङ्सको लागि अमर सिङ राउटेलाले ५ तथा अनिल खरेल , अजय सहानी र दुर्गेश गुप्ताले समान १/१ विकेट लिए

खेलको म्यान अफ दि म्याच अमर सिङ राउटेला घोषित भए ।

यश अघि आजै भएको पहिलो सेमिफाइनल खेलमा पहिला ब्याटिङ गरेको रेन्बो ज्ञानोदयले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो । रेन्वो ज्ञानोदयको लागि शंकर रानाले ६२ , सिधान्त राज साहिले ३६ तथा हर्जित सिङ्ले १७ रनको योगदान दिए । पाल्पाली लिजेन्डको लागि सागर थापा , बिजय चौधरी र बिक्रम सोबले समान २/२ तथा रुपेश बस्यालले १ विकेट लिए।
१४६ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाल्पाली लिजेन्ड १९.४ ओभरमा सबै बिकेट गुमाउदै १३६ रनमा समेटिएको थियो । पाल्पाली को लागि सागर थापाले ३७ , अजय रसाइलीले २० तथा तुल बहादुर थापा र बिक्रम सोब ले समान १९/१९ रनको योगदान दिए
ज्ञानोदय गोल्ड्सको लागि दिवन पुनले ३ , सिधान्त राज साही र जितेन्द्र सहानिले २/२ तथा प्रतिस जिसि र कोमल ओलि ले १/१ विकेट लिए ।
प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।