Cricket Himalaya
Cricket News From Top of The World

रेन्बो ज्ञानोदय गोल्ड्स तेस्रो तिलोत्तमा प्रीमिएर लिगको फाइनलमा प्रबेश

क्रीकेट हिमालय,रुपन्देही, कार्तिक ६

तिलोत्तमा प्रीमिएर लिगको पहिलो सेमिफाइनल खेलमा पाल्पालि लिजेन्ड बिरुद्द ९ रनको जित निकाल्दै रेन्बो ज्ञानोदय गोल्ड्स तिलोत्तमा प्रीमिएर लिगको फाइनल मा प्रबेश गरेको छ । ज्ञानोदय गोल्ड्स पहिलो सिजनमा उपबिजेता बनेको थियो । पहिलो सेमिफाइनल खेलमा पाल्पा बिरुद्द पहिला ब्याटिङ गरेको रेन्बो ज्ञानोदयले २० ओभरमा ७ विकेट गुमाउदै १४५ रन बनाएको थियो । रेन्वो ज्ञानोदयको लागि शंकर रानाले ६२ , सिधान्त राज साहिले ३६ तथा हर्जित सिङ्ले १७ रनको योगदान दिए । पाल्पाली लिजेन्डको लागि सागर थापा , बिजय चौधरी र बिक्रम सोबले समान २/२ तथा रुपेश बस्यालले १ विकेट लिए।
१४६ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको पाल्पाली लिजेन्ड १९.४ ओभरमा सबै बिकेट गुमाउदै १३६ रनमा समेटिएको थियो । पाल्पाली को लागि सागर थापाले ३७ , अजय रसाइलीले २० तथा तुल बहादुर थापा र बिक्रम सोब ले समान १९/१९ रनको योगदान दिए
ज्ञानोदय गोल्ड्सको लागि दिवन पुनले ३ , सिधान्त राज साही र जितेन्द्र सहानिले २/२ तथा प्रतिस जिसि र कोमल ओलि ले १/१ विकेट लिए ।
खेलको म्यान अफ दि म्याच शन्कर राना घोषित भए ।
अब रेन्बो ज्ञानोदय गोल्ड्ले दोस्रो सेमिफाइनल मणिग्राम किङ्स र बुटवल युनाइटेड क्रीकेट क्लब बिजेता सङ उपाधिको लागि भिड्नेछ ।

प्रतियोगिताको पुरस्कार राशी तर्फ बिजेताले ४ लाख नगद ट्रफी मेडल र प्रमाणपत्र , उपबिजेताले २ लाख नगद ट्रफी मेडल र अप्रमाणपत्र प्राप्त गर्नेछन ,साथै प्रतियोगिताको उत्कृष्ट बिधातर्फ प्लयेर्स अफ दि सिरिजले २० नगद र सिल्ड , बेस्ट ब्यास्ट्म्यान र बलर समान १० हजार नगद र सिल्ड , इमर्जिङ प्लयेर्सले ५ हजार नगद र सिल्ड एस्तै प्रत्येक खेलको मुल्यवान खेलाडीले नगद १ हजार , प्रत्येक खेलमा हाल्फ सेन्चुरी हान्ने खेलाडीले नगद १ हजार , टिम फेयर प्ले अवार्ड ४० हजार तथा हरेक खेलको म्यान अफ दि म्याचले १५ सय प्राप्त गर्नेछन । प्रतियोगिता कुल अनुमानित खर्च २५ लाख हुने आयोजक ले जनाएको छ । तिलोत्तमा प्रिमियर लिगका सबै खेलहरु तिलोत्तमा -६ स्थित नवजीवन खेल मैदान १० नम्बरमा भैरहेको छ ।

पहिलो सिजनको तिलोत्तमा प्रिमियर लिगको बिजेताले २ लाख र उपबिजेताले १ लाख तथा दोस्रो सिजनको बिजेताले ३ लाख र उपबिजेताले १.५ लाख नगद प्राप्त गरेका थिए ।पहिलो सिजनको उपाधी SR NSCA टाइगर्सले तथा दोस्रो सिजनको उपाधी लुम्बिनी कसाई ग्लाडिएटर्सले जितेको थियो ।